ताजा खबर

सामाजिक अभियन्ता अनिल लामिछाने मगर कोरियामा सम्मानित

   ९ माघ २०८२, बिहीबार २१:३४      301 views

सामाजिक अभियान्ता अनिल लामिछाने थापा मगर कोरियामा सम्मानित भएका छन् । स्याङ्जा जिल्ला पिपलडाँडा घर भई हाल कोरियामा कार्यरत थापा मगरले लामो समयदेखि सामाजिक संजाल फेसबुक पेज मगर संसारको माध्यमबाट समाज र समुदायको लागि पुर्याउनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै माघे संक्रान्तिको अवसरमा आयोजित विशेष समारोहमा मगर संघ मोक्पो शाखा कोरियाले सम्मान गरेको हो ।


कार्यक्रमका प्रमुख अतिथि दक्षिण कोरियाका लागि नेपालका राजदूत डा. शिवमाया तुम्बाहाम्फेले सम्मानपत्र खादामाला लगाएर सम्मान गर्नुभएको थियो ।


मगर संसार फेसबुक ग्रुप सञ्चालन गरी विभिन्न सामाजिक कार्य गर्दै दुखी गरिव असहाय विरामीहरुको लागि सहयोग संकलन गरी कैयौं विरामीहरुको जीवन बचाउन अहम भूमिका खेल्नुभएका मगर संसारका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता थापामगर यस अघि पनि मगर संघ कोरियाबाट सम्मानित भइसकेको छन् ।

आफूले गरेको कामको कदर गरी सम्मान गर्नुहुने मगर संघ मोक्पो शाखा कोरियालाई बिशेष धन्यवाद दिँदै यो सम्मानले आफूमा खुसी र ऊर्जा सँगै थप जिम्मेवारी र समाजप्रति बढी इमानदारीता हुन प्रेरित गरेको लामिछानेले बताउनुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

मिना थापा मगर, पोखरा लोपोन्मुख अवस्थामा रहेको धौलागिरीको पुर्ख्यौली लोकभाकालाई आफ्नो सांगीतिक जीवनको आधार बनाएकी दिलु मगर यतिबेला मौलिक लोक गायिकाको नामले परिचित छिन् ।

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284