पुर्ख्यौली मौलिक लोकभाका संरक्षणमा दिलु
मिना थापा मगर, पोखरा
लोपोन्मुख अवस्थामा रहेको धौलागिरीको पुर्ख्यौली लोकभाकालाई आफ्नो सांगीतिक जीवनको आधार बनाएकी दिलु मगर यतिबेला मौलिक लोक गायिकाको नामले परिचित छिन् । परिवर्तित समयसँग भित्रिएको आधुनिकिकरणको प्रभाव लोकगीत संगीतमा पनि पर्दै गएको अवस्थामा पुर्ख्यौली मौलिक भाकाको पहिचान गर्दै यसलाई संरक्षण गर्नेे काममा जुटेकी छिन् उनी ।

उसो त धौलागिरीमा बसोबास गर्ने मानिसहरुको पुर्ख्यौली संकार संस्कृति र परम्परा आफ्नै खालको छ । यसैगरी त्यस भेगको लोकभाका पनि त्यहाँको जनजीवन र संस्कृति झल्काउने खालको मौलिक र पृथक रहेको छ ।
म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं. १ मुसुङमा बाबा भिमबहादुर श्रीस र आमा मंगली श्रीसको कोखबाट जन्मिएकी दिलुले विशेष गरी धौलागिरीमा प्रचलित यानीमाया, सुनिमाया जस्ता मौलिक लोकभाका गाएर आफूलाई यस क्षेत्रमा स्थापित गरेकी छिन् ।

वि.सं. २०७० सालको सुरुवात तिर जव सामाजिक संजालको प्रयोग र इन्टरनेटको सुविधा सर्वसाधरण नेपालीको पहुँचमा पुग्न थाल्यो त्यही मौकालाई अवसरको रुपमा सदुपयोग गरिन् उनले । फेसबुक र टिकटक लाइभको माध्यमबाट आफूमा भएको प्रतिभा पस्किदै धेरै भन्दा धेरै शुभचिन्तक बटुलिसकेकी थिइन् । यसैक्रममा उनको आवाज मन पराएर सर्जक शिव पोखरेलले उनलाई ‘आमाको माया’ बोलको एकल गीत गाउने मौका दिए । जसले गर्दा उनलाई गायन क्षेत्रमा अगाडि बढ्ने साहस र हौसला थपियो । पहिलो गीतबाटै लोकपारखीहरुको माया पाएकी दिलुको एकपछि अर्को गर्दै थुप्रै एकल तथा दोहोरी गीतहरु बजारमा आउन थाले ।
‘आउने जाने गरे पो माया बढ्छ’ दोहोरी गीत, ‘मायाले जे भन्यो त्यै हुन्छ’ दोहोरी, गाउँको चिनारी ‘बेलढुङ्गाको सिर’ लगायत धौलागरिमा प्रचलित ‘रेरे साइलो’ ‘यानीमाया’, ‘सुनिमाया’, ‘शिरफुल माया’ ‘अभिजाले माया’ ख्याली गीत ‘बस भालै’ पञ्चैबाजा (लै लै तारु) दोहोरी, लमजुङ्गे ठाडो भाका, पर्वत जिल्लाको गुरुङ सुमदायमा गाइने लोपोन्मुख भाका ‘नानिलो’, लगायत भरखरै मात्र बजारमा आएको ‘बागलुङ्गे माया’ जस्ता थुप्रै मौलिक भाका गएर आधुनिक लोक गीत संगीतको दुनियामा छुट्टै खालको नाम कमाएकी छिन् ।

उनले गाएका गीतले आम सर्वसाधरणको जीवन भोगाइ र ठाउँ विशेषको भेगीय पहिचान झल्काउने गर्दछ । यति मात्र नभई जस्तो सुकै गीत गाएर दर्शकलाई मनोरञ्जन दिन सक्ने खुवी भएका कारण बालकदेखि बृद्धासम्म उनको गीत सुन्न र हेर्न रुचाउँछन् ।
अहिले यस क्षत्रमा उदाएका थुप्रै कलाकारहरुको भीडमा उनको बेग्लै परिचय बनेको छ, त्यसैले त विभिन्न ठाउँमा आयोजना हुने मेला महोत्सव र कार्यक्रमहरुमा प्राय उनले अवसर पाइरहेकी हुन्छिन् । उनी भन्छिन् “जुनसुकै ठाउँमा होस् एकपटक बोलाएपछि अर्को पटक पनि मौका दिनुहुन्छ, प्रायजसो मलाई रेगुलर कलाकारको रुपमा आयोजकले सम्झिनुहुन्छ, म उहाँहरुप्रति एकदमै आभारी छु ।”
आफ्ना रहर र इच्छा मर्न नदिन सुरुवाती दिनमा गरेको संघर्षलाई यात्राको पहिलो खुड्किलो हो भन्ने सोचेकी उनले अहिलेसम्म आइपुग्दा आफूले सोंचेभन्दा पनि धेरै गरेको महसुस गरेकी छिन् ।
धवलागिरीको काखमै हुर्किएको भएर पनि त्यस क्षेत्रको लोक संस्कृतिप्रतिको मोह हुनु उनको लागि स्वभाविक हो । रहरले गउँदै जाँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि आफूमाथि थपिएको बताउँछिन् उनी । “अब धवलागिरीको मात्र नभई नेपालको विभिन्न भेगको मौलिक लोक भाकाको खोजी गर्दै यसको संरक्षणमा जुट्ने छु ।”
विगत ५ वर्ष अघिदेखि गायनलाई पेशाको रुपमा अँगालेकी दिलुले यस क्षेत्रमा लागेर राम्रो आम्दानी गर्नुका साथै लोपोन्मुख अवस्थामा रहेका मौलिक लोकगीतलाई संरक्षण गर्न र सबैसामु चिनाउन सकेकोमा गर्व गर्छिन्
आजको खबर
मिना थापा मगर, पोखरा लोपोन्मुख अवस्थामा रहेको धौलागिरीको पुर्ख्यौली लोकभाकालाई आफ्नो सांगीतिक जीवनको आधार बनाएकी दिलु मगर यतिबेला मौलिक लोक गायिकाको नामले परिचित छिन् ।…
अझै पढ्नुहोस्Follow Us
पुर्ख्यौली मौलिक लोकभाका संरक्षणमा दिलु
१७ माघ २०८२, शुक्रबार ०९:५६
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38