तनहुँमा ‘राष्ट्रिय मौलिक कौराहा सम्मेलन’ हुँदै
मगर समुदायको मौलिक नृत्य ‘कौराहा’ संरक्षण र प्रबद्र्धन गर्ने उद्देश्यले ‘दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन’ हुने भएको छ । मौलिक कौराहाको उद्गम थलो मानिने तनहुँको ऋषिङमा सो सम्मेलन हुन लागिएको हो ।
नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय समितिको आयोजना तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति र नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँको सहआयोजनामा आगामी बैशाख ४ र ५ गते ऋषिङ गाउँपालिका १ छापुटारमा सम्मेलन हुने भएको छ ।

संघले शनिबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनबारे जानकारी गराएको छ । कार्यक्रमका संयोजक पदमबहादुर थापाले कौराहा नृत्यको मौलिकता संरक्षण तथा प्रबद्र्धन गर्न, मगर समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न, कौराहा सम्बन्धी अध्ययन, अनुसन्धान तथा अनुभव आदानप्रदान गर्न, नयाँ पुस्तालाई संस्कृतिप्रति जागरुक बनाउने उद्देश्यले कौराहा सम्मेलनको आयोजना गरिएको जानकारी दिए ।
थापाका अनुसार सम्मेलन विभिन्न जिल्लाबाट ३० भन्दा बढी कौराहा नृत्य टोली सहभागिता रहने र करिव १५ हजारको उपस्थिति रहने अपेक्षा गरिएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि रु २० लाख खर्च अनुमान गरिएको छ ।
संघका केन्द्रिय अध्यक्ष नन्दु घर्ती मगरले आधुनिक समयसँग कौराहाको मौलिकता लोप हुँदै गएको अवस्थालाई ध्यानमा राख्दै यसको संरक्षण, प्रबद्र्धन र नयाँ पुस्तालाई जानकारी गराउन आवश्यक रहेकोले सम्मेलनको आयोजना गरिएको बताए ।
नेपाल मगर संघ केन्द्रिय निर्वाचन समितिका संयोजक सिद्धान्त थापा मगरले कौराहाको उद्गम थलो ऋषिङ भएकाले यहीँ कार्यक्रमको आयोजना हुनु सकारात्मक रहेको बताए । उनले कौराहा मगर जातिको पहिचान र सभ्यतासँग गहिरो रुपमा जोडिएको सांस्कृतिक सम्पदा भएकाले यसको मौलिकता जोगाउन आवश्यक रहेको बताए ।
कौराहा विज्ञ एवं कार्यक्रम विज्ञ संयोजक यमबहादुर आलेले विभिन्न स्थानबाट मौलिक मगर कौराहा नाच, भेषभुषा र खैंजेरीसहित सहभागी हुन आह्वान गर्दै सम्मेलनलाई सफल बनाउन सबैको आर्थिक, नैतिक र भौतिक सहयोग अवाश्यक रहेको उल्लेख गरे ।

उनका अनुसार कौराहा विशेषगरी (६ क) सँग सम्बन्धित रहेको छ, जसमा कहिले गाउने, कसरी गाउँने, कति गाउने, कहाँ गाउने, कसरी नाच्ने तथा नचाउने, कसरी बजाउने भन्ने आधारभूत पक्षहरु समेटिएका छन् ।
नेपाल मगर संघ तनहुँका अध्यक्ष हर्कबहादुर थापाले कौराहाको आफ्नै लय, भाका र शब्द हुने भएपनि यसको सुरुवात र अन्त्यलगायतका पक्षमा पर्याप्त ज्ञानको अभाव हुँदा मौलिकता हराउने जोखिम बढ्दै गएको बताए । यस सम्मेलनले कौराहाको मौलिकता र यसको ऐतिहासिक पक्षलाई राष्ट्रिय तथा अन्तार्राष्ट्रिय रुपमा चिनाउन महात्वपूर्ण भूमिका रहने अपेक्षा गरे ।
नेपाल मगर सांस्कृतिक संघ गण्डकी प्रदेश, नेपाल मगर संघ तनहुँ–काठमाडौं सम्पर्क समिति तथा नेपाल मगर सांस्कृतिक संघ जिल्ला समिति तनहुको व्यवस्थापनमा सञ्चालन गर्न लागिएको उक्त सम्मेलनमा मगर विज्ञद्धारा कार्यत्रप्र प्रस्तुत गरिने र सहभागीहरु विच छलफल गरिने बताएको छ ।
आजको खबर
Follow Us
चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमोचन
१ बैशाख २०८३, मंगलवार १६:५७
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38