गुरुङ सुशान्तलाई गौरी स्रष्टा सम्मान पुरस्कार
पोखरा । काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच यस वर्षको ‘गौरी स्रष्टा सम्मान’ बाट साहित्यकार गुरुङ सुशान्तलाई पुरस्कृत गरिएको छ । गुरुङ साहित्यिक मञ्च नेपालको नवौँ स्थापना दिवसको अवसरमा शनिबार राजधानीको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनलाई यो सम्मान प्रदान गरिएको हो ।
पुरस्कारको राशि ३५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । तमु ह्युुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष धनमान गुरुङ र मञ्चकी संस्थापक अध्यक्ष गौरी तमुले सुशान्तलाई नगद तथा सम्मानपत्र हस्तान्तरण गरे ।

मञ्चका अध्यक्ष तेज बहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाको स्थापना दिवसका साथै ‘तमु पहिचान : शास्त्र, साहित्य र सञ्चारको संवाद’ शीर्षकमा केन्द्रित रही अन्तरक्रिया समेत गरियो । उक्त सत्रमा डा. पोलबहादुर गुरुङ, गुरुङ सुशान्त र गंगादेवी गुरुङले विषयगत रहेर आफ्ना धारणा प्रस्तुत गरे । कार्यक्रममा पवन गुरुङले टिप्पणी गरेका थिए भने गीतकार एवं पत्रकार आश गुरुङले सहजीकरणको भूमिका निर्वाह गरे ।
मञ्चका महासचिव सम्राट गुरुङ, संस्थाका प्रमुख सल्लाहकार एकेन्द्र गुरुङ (बेलायत) र आजीवन सदस्य एवं तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले कार्यक्रममा सहकार्य गर्नुभएको थियो । गुरुङ भाषा र साहित्यको उत्थान गर्ने उद्देश्यका साथ वि.सं. २०७४ सालमा स्थापना भएको यस मञ्चले शनिबार विविध कार्यक्रम गरी आफ्नो नवौँ वार्षिकोत्सव मनाएको हो ।
आजको खबर
Follow Us
चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमोचन
१ बैशाख २०८३, मंगलवार १६:५७
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38