ताजा खबर

चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमोचन

   १ बैशाख २०८३, मंगलवार १६:५७      154 views

चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८३ सालको भित्तेपात्रो विमोचन गरेको छ । प्रत्येक वर्ष प्रकाशन गर्दै आएको भित्तेपात्रो यसपाली पनि प्रकाशन गरिएको हो ।

कार्यक्रममा बोल्दै चलचित्र निर्देशक, निर्माता एवम् कलाकार माओत्से गुरुङले चलचित्र पत्रकार संघ नेपाल कास्कीले गरेका कामहरुको प्रशंसा गरे । उनले संघले चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनका लागि वर्षेनी गर्दै आएको सिनेमा संवाद कार्यक्रमको चर्चा व्यापक रहेको समेत उल्लेख गरे । नेपाली सिनेमाको उत्थानमा चपस कास्कीले गरेका कामहरु सह्रानिय रहेको भनाई उनको छ । २०८३ भदौ २६ गते चलचित्र पेन्सन पट्टा रिलिज गर्ने मिति तय भएको र चलचित्र पत्रकार संघ कास्कीबाट प्रचारप्रसारमा अपेक्षा रहेको उनले बताए ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले नयाँ वर्षको शुभकामना दिँदै चलचित्र पत्रकार संघ कास्कीको गतिविधिले चलचित्रसँग सम्बन्धित अन्य संस्थालाई समेत झकझकाएको बताए । नयाँ कार्यसमितिको सक्रियताको प्रशंसा गर्दै उनले संघले संस्थागत विकाससँगै चलचित्र पत्रकारितालाई समेत बढ्वा दिने खालको कार्यक्रम गर्न सुझाएका छन् ।

पत्रकार महासंघ कास्कीकी अध्यक्ष माधव बरालले आफु पनि चपस कास्कीको संस्थापक सदस्य रहेको बताउँदै एक पछि अर्को आयोजना गरिएको कार्यक्रमले पोखरामा सिनेमा सम्बन्धि गतिविधि बढ्दै गएको उल्लेख गरे । पोखरा ओपन स्टुडियो भएको र यहाँको पर्यटन प्रवद्र्धनमा सिनेमा सँग सम्बन्धित गतिविधिले टेवा पुगेको उनले बताए । उनले चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि नीतिगत पहलकदमी हुनुपर्ने र पत्रकारले त्यसतर्फ कलम चलाउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्यालले संघले विगतका कार्यक्रमलाई निरन्तरता दिँदै भित्तेपात्रो विमोचन गरिएको जानकारी गराए । यसअघिका कार्यसमितिले गरेका कामहरुको निरन्तरता सँगै थप नयाँ कार्यक्रम समेत संघले गर्दै जाने भनाई उनको छ । कास्की लगायत खासगरि समग्र गण्डकी प्रदेश नै चलचित्र छायाँकनका लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै यसको प्रचारप्रसारमा समेत कलम चलाउन पत्रकारलाई उनको आग्रह छ । समय अनुसार प्रविधिको प्रयोग गर्दै चलचित्र पत्रकारितालाई समेत प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे ।


कार्यक्रममा पत्रकार, कलाकार, रंगकर्मी, गीतकार, कवि लगायतको उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य चलचित्र पत्रकार संघ नेपाल कास्कीका उपाध्यक्ष गौरव त्रिपाठीले राखेका थिए भने संचालन सचिव सुरेश सुनारले गरेका थिए । को खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानको गहुँ खरिद नगर्दा किसानहरू मर्कामा परेका छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284