कौराहा संरक्षण पत्रकारिता पुरस्कार मीना थापा मगरलाई
‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८३’ बाट पत्रकार मीना थापा मगर पुरस्कृत हुने भएकी छिन् । फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीष मगरको संयोजकत्वमा अधिवक्ता मनोज घर्ती मगर, राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका अध्यक्ष नरमाया आले मगर, मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगर तथा संघका सचिव बल बहादुर रोका मगरको छनौट समितिले यो पटक पत्रकार मीना थापा मगरलाई सम्मान गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित यो पुरस्कार हरेक वर्ष नेपाल मगर पत्रकार संघ कास्कीले प्रदान गर्दै आइरहेको छ । पोखराको पत्रकारिताको क्षेत्रमा रहेर कौराहा सहित मगर समुदायको संस्कार र संस्कृतिको विषयमा लामो समयदेखि कलम चलाउँदै आइरहेकी थापालाई यो वर्ष उनको योगदानका आधारमा सम्मान गर्न लागिएको छनौट समितिका संयोजक श्रीषले बताए । संयोजक श्रीषका अनुसार पत्रकार थापालाई नगद १५ हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिने छ ।
गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनको प्रमुख आतिथ्यतामा यही असार २६ गते शुक्रबार पोखराको अमरसिंङमा रहेको पोखरा सेकुवा घरमा एक कार्यक्रमको आयोजना गरी पत्रकार थापालाई सम्मान गरिने संयोजक श्रीषले जानकारी दिएका छन् । योभन्दा अगाडि यस पुरस्कारबाट कमला राना मगर, तिलक पुन, प्रताप राना मगर, रुद्र हितान मगर, खेम सारु मगर, एमबी आस्था मगर, मनोज घर्ती मगर, शारदा झेडी मगर र रुद्र श्रीस मगर सम्मानित भइसकेका छन् ।
आजको खबर
‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८३’ बाट पत्रकार मीना थापा मगर पुरस्कृत हुने भएकी छिन् । फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीष मगरको संयोजकत्वमा अधिवक्ता…
अझै पढ्नुहोस्Follow Us
कौराहा संरक्षण पत्रकारिता पुरस्कार मीना थापा मगरलाई
२४ असार २०८३, बुधबार १२:३७
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38