ताजा खबर

मगर आदिकवि जीतबहादुर सिंजालीको श्रद्धाञ्जली सभा सम्पन्न

   १४ पुष २०७५, शनिबार २०:३९      2,131 views

मगर भाषाका आदिकवि जीतबहादुर सिंजालीमगरको निधन भएको सातौं दिनको पुण्य तिथिका अवसरमा गण्डकी प्रदेशको राजधानी पोखरामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाल मगर संघ, कास्की, नेपाल मगर लेखक संघ, कास्की र मगर भाषा प्रतिष्ठान, कास्कीको संयुक्त आयोजनामा शनिबार मगर आदिकवि जीतबहादुरको श्रद्धाञ्जलीसभा सम्पन्न भएको हो । श्रद्धाञ्जली सभामा मगर आदिकविको तस्वीरमा माल्यार्पण गर्नुका साथै, एक मिनेट मौन धारण समेत गरिएको थियो ।


कार्यक्रममा नेपाल मगर लेखक संघका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगरले मगर आदिकविको संक्षिप्त जीवनी प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा शोक मन्तव्य व्यक्त गर्दै नेपाल मगर संघ, कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर आदिकविले मगर भाषा, साहित्यको विकासमा अतुलनीय योगदान दिएको स्मरण गर्नुभयो । मगर आदिकविको योगदानलाई नेपाल मगर संघले सधैं सम्झिरहने भन्दै अध्यक्ष रानामगरले मगर भाषा, साहित्यको विकासका लागि मगर आदिकविले देखाएको बाटोमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
मगर भाषा प्रतिष्ठान, कास्कीका अध्यक्ष एवं वेदान्त कविरत्न रूद्रबहादुर हितानमगरले मगर आदिकविलाई अकल्पनीय रुपमा गुमाउनु परेको भन्दै दुःख व्यक्त गर्नुभयो । मगर आदिकवि जीतबहादुरले कठिन समयमा पनि मगर भाषा, साहित्यको विकासमा आफ्नो समय व्यतीत गरेको उल्लेख गर्दै वेदान्त कविरत्न रूद्रबहादुरले मगर भाषामा बोल्न र लेख्न छोड्न नहुनेमा जोड दिनुभयो । नेपाल मगर संघ, कास्कीका सचिव यामबहादुर थापामगरले छोटो तयारीका बावजुद पनि दिवंगत मगर आदिकविप्रति श्रद्धाञ्जली व्यक्त गर्ने अवसर जुटाएको भन्दै आगामी वर्षदेखि मगर आदिकविको जन्मजयन्तीका अवसरमा कार्यक्रम निरन्तर गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।
नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ, कास्कीका अध्यक्ष पूर्व प्रहरी नायब निरीक्षक चन्द्रप्रकाश थापामगरले मगर आदिकविलाई अरु समुदायमा पनि चिनाउनुपर्ने धारणा राख्दै मगर आदिकविका कृतिलाई व्यापक बनाउनुपर्ने उल्लेख गर्नुभयो । नेपाल मगर संघ, पोखरा महानगर कार्यसमितिका अध्यक्ष बलवीर रानामगरले मगर भाषा, साहित्यमा कलम चलाउने साहित्यकार एवं स्रष्टाहरूले मगर आदिकविको योगदानलाई उजागर गर्न जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै नेपाल मगर संघले पनि विभिन्नस्तरमा मगर आदिकविलाई सदा स्मरण गरिरहने बताउनुभयो ।

वि.सं. १९८८ जेठ १८ गते गुल्मीको सत्यवती गाउँपालिका–३, ठूलो लुम्पेकस्थित मावली गाउँमा जन्मिएका मगर आदिकवि जीतबहादुर स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३, आलमदेवी, कोटाकोटका हुन् । दाङदेखि बुटवल आउने क्रममा मगर आदिकवि जीतबहादुरको कपिलवस्तुको शिवराज नगरपालिकास्थित बनबासामा सडक पार गर्ने क्रममा टिपरको ठक्करबाट घटनास्थलमै निधन भएको थियो । मगर आदिकवि जीतबहादुरका “मगर भासाङ ल्हीङ ड टूक्कऊ कीटाब”, “मगर भासाओ सूरूओ कीटाब”, “ल्हेस्म राहानाङ”लगायत थुप्रै साहित्यिक कृति प्रकाशित छन् । चार दशक लामो समयसम्म बेपत्ता भएपछि मगर आदिकवि जीतबहादुरका नाममा प्रतिष्ठान समेत स्थापना भइसकेको छ । मगर आदिकवि पछि दाङको खांग्रा नाकामा भेटिएका थिए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: