ताजा खबर

माछापुच्छ्रे भेट्रान्स टेनिसमा कमलको ह्याटिक

   १४ पुष २०७५, शनिबार २१:०१      1,131 views

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा आयोजित १६ औं माछापुच्छ्रे बैंक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ३५ वर्ष माथिको एकल उपाधी कमल भण्डारीले जिते । फाइनल खेलमा राजु श्रेष्ठलाई ६–३, ६–३ को सोझो सेटमा पराजित भण्डारले लगातार तेश्रो पटक यो उपाधी आफ्नों नाम गराएका हुन् ।

४५ वर्ष माथिको एकलतर्फको उपाधी बिमल गुरुङ्गले जिते । पोखराका धरमबहादुर लामिछानेलाई ३–६, ६–३ र सुपरटाइमा ११–९ ले पराजित गर्दै बिमलले प्रथम स्थान हाँसिल गर्न सफल भए । ५५ वर्ष माथिको एकल उपाधी प्रदिप शाहले जिते । उनले राजु गुरुङ्गलाई ६–०, ६–१ को सहज सेटमा पराजित गरेका थिए ।४५ वर्ष माथिको उपाधी धरमबहादुर लामिछाने र बिमल गुरुङ्गको जोडीको पोल्टामा गयो । राजु क्षेत्री र सुदर्शन विष्टको जोडीलाई ६–४, ७–५ को सेटमा पराजित गर्दै लामिछाने जोडीले सो उपाधी रक्षा गरेको हो ।६५ वर्ष माथिको एकलतर्फ लक्ष्मी गुरुङ्गले वाकओभर दिएपछि डा. इन्द्रजित राई विजयी भए । ५५ वर्ष माथिको डबल्सतर्फ मनोज राणा र प्रदिप शाहको जोडी प्रथम भयो । समिर शेरचन र अनिल तुलाचनको जोडीमाथि ६–४, ६–४ को नतिजा निकाल्दै राणा र शाहको जोडीले सो उपाधी आफ्नों गराएको हो ।

प्रतियोगितामा ३५ वर्ष माथिको एकलतर्फ विजेताले नगद ५० हजार तथा उप–विजेताले नगद २५ हजार, डबल्सतर्फका विजेतले १५ हजार र उप–विजेताले ८ हजार नगद पुरस्कार प्राप्त गरे । त्यस्तै, ४५ वर्ष माथिको एकलतर्फको विजेताले नगद २० हजार र उप–विजेताले १५ हजार तथा उप–विजेताले ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । ५५ वर्ष माथि एकलतर्फको विजेताले नगद २० हजार र उप–विजेताले नगद १० हजार प्राप्त गरे । त्यसैगरि डबल्सतर्फको विजेताले नगद १५ हजार र उप–विजेताले नगद ८ हजार सहित ट्रफि पुरस्कार गरे ।विजयी खेलाडीहरुलाई प्रतियोगिताको मुख्य प्रायोजक माछापुछ्रे बैंकका अध्यक्ष रोशन केसी, सहप्रायोजक ट्याङ्कुलिटि स्पा का निर्देशक रनिल फैंजु लगायतले पुरस्कार वितरण गरे । आयोजक संघ कास्कीका अध्यक्ष दोर्जे लामाको सभाध्यक्षमा भएको समापन समारोह खेलाडी सूर्य भुजेलले सञ्चालन गरेका थिए ।

0 0 vote
Article Rating

आजको खबर

तमु धि यूके का संस्थापक अध्यक्ष वरिष्ठ समाजसेवी मिनप्रसाद गुरुङकी धर्मपत्नी एवम् तमु धि युके आमा समुहकी अभिभावक चन्द्रमाया गुरुङको ४९ दिनको पुण्य तिथिको अवसरमा

अझै पढ्नुहोस्

तमू धीं नेपालका केन्द्रीय अध्यक्ष एवं आदिवासी जनजाती पत्रकार महासंघ गण्डकी प्रदेशका प्रमुख हुमबहादुर गुरुङलाई मातृशोक परेको छ । कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक

अझै पढ्नुहोस्

तमू भाषका आदिकवि स्वर्गीय हर्कबहादुर गुरुङको नवनिर्मित शालिक अनावरण गरिएको छ । आदिकवि स्व. गुरुङको ८४ औं जन्म जयन्तीका दिन आईतबार उनकै गाउँ स्याङ्जा फेदिखोला

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: