ताजा खबर

व्यवहारिक साक्षरता तथा सीप विकास सम्बन्धी तालिम सम्पन्न

   १४ पुष २०७५, शनिबार २१:०८      2,226 views

पोखरा उपत्यका भित्र बसेर विभिन्न वर्कसप तथा ग्यारेजमा काम गर्ने १६ वर्ष मूनिका बालबालिकाहरुलाई उनीहरुको व्यवहारिक साक्षरता तथा सीपलाई विकास गर्ने उद्धेश्यले ३ महिने ग्राईजुएसन कोर्ष तालिम प्रदान गरिएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा बाल हितकारी परियोजना नेपाल र किडासाको सहकार्यमा ५० भन्दा बढि बालबालिकाहरुलाई सीप विकास सम्बन्धि तालिम दिईएको पोखरा उद्योग वाणिज्य संघ बाल श्रम न्यूनिकरण कार्यक्रम परियोजना संयोजक प्रिती पाण्डेले जानकारी दिनुभयो ।


शनिबार बालहितकारी परियाजना नेपालका प्रोजेक्ट अफिसर दिपेन्द्र आचार्य र किडासा नेपाल प्राजेक्ट अफिसर रमेश बाँस्तोलाले २८ जना बालबाललिकाहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको छ । प्राजेक्टद्धय दिपेन्द्र आचार्य र रमेश बाँस्तोलाले व्यवहारिक सारक्षरता हासिल गरिसकेपछि त्यसलाई सही समयमा सदुपयोग गर्नुपर्ने बताउँनु भयो भने पाएको सीपलाई सही ठाउँमा उपयोग गर्नुपर्ने बताउँनु भयो ।

कार्यक्रममा युथ क्लबका अध्यक्ष सन्जु सुनारले ३३ जना बालबालिकाहरुलाई वर्कसप तथा ग्योरेजमा काम गर्दा लगाईने चस्मा वितरण गर्नुभएको थियो । पोखरा मा २१८ जना बालबालिका वर्कसप तथा ग्योरेजमा काम गर्ने गरेका छन् ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: