ताजा खबर

पत्रकार घर्तीमगर स्याङजामा सम्मानित

   १६ पुष २०७५, सोमबार १०:१४      2,276 views

‘दोस्रो लत्रेपीपल माझबिनी मेला–२०७५’ का अवसरमा पत्रकार मनोज घर्तीमगर सम्मानित भएका छन् । लत्रेपीपल क्लबले शनिबार चलेको मेलामा डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेर छुट्टै पहिचान बनाउन सफल भएको भन्दै सम्मान गरेको हो ।

नागरिक दैनिक÷शुक्रबार साप्ताहिकमा कार्यरत घर्तीमगरलाई कार्यक्रमका प्रमुख अतिथि ढोरबाराही ज्वेलर्सका सञ्चालक बाबुराम सुनारले दोसल्ला ओढाएका थिए भने विशिष्ट अतिथि गोर्खा ब्रुअरीका सञ्चालक पृथ्वी थकालीले सम्मानपत्र प्रदान गरी सम्मानित गरेका थिए । यस्तै लत्रेपीपल क्लबका अध्यक्ष ध्रुव शर्माले मायाको चिनो प्रदान गरेका थिए । पत्रकार घर्तीमगरले खोजमूलक रिपोर्टिङमा विशेष दख्खल राख्छन् । फिचर लेखनमा राम्रो क्षमता भएका उनले पछिल्लो सयम कला÷साहित्य क्षेत्रसँग सम्बन्धित रहेर रिपोर्टिङ गर्छन् । ‘भर्तीको फन्दा’ किताब लेखिसकेका उनले सामाजिक विषयमा समेत कलम चलाउँदै आएका छन् । लत्रेपीपल क्लबले शनिबार स्याङ्जाको पुतलीबजार नरपालिका वडा नं. ३ लत्रेपीपल आयोजना भएको कार्यक्रममा दर्शकसँग कुनै शुल्क नलिएर मेला हेर्ने अवसर जुराइदिएको थियो । स्याङ्जामा हुने विभिन्न मेलामा टिकट नबेचेर गरिएको यो पहिलो कार्यक्रम हो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: