
एक सय ८८ जनाको निशुल्क आँखा परीक्षण
रतनपाण्डे माध्यमिक विद्यालय पोखरा – १३ को आयोजना एवम् हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा विद्यालयका एक सय ८८ शिक्षक तथा विद्यार्थीको निशुल्क आँखा परीक्षण गरिएको छ ।

विद्यालय आँखा स्वास्थ्य कार्यक्रम अन्तरगत विद्यालयका एक सय ६८ जना विद्यार्थी र २० जना शिक्षक तथा कर्मचारीको आँखा परीक्षण गरिएको विद्यालायका प्रधानाध्यापक डिल्लीराम बरालले जानकारी दिए ।शिविरको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तराज बरालले आँखा प्रत्येक व्यक्तिको अत्यन्त संवेदनशील अङ्ग भएको बताउँदै आँखा स्वास्थ्य प्रति प्रत्येक व्यक्ति सजग बन्नुपर्नेमा जोड दिए ।
शिविरमा विद्यालय व्यवस्थापन समितिका सदस्य बिनोद बराल, भोजराज बराल, सरस्वती बराल, शिक्षक प्रतिनिधि विष्णुमाया आचार्य, सहायक प्रधानाध्यापक सोमनाथ अधिकारी लगायतले आँखा स्वास्थ्यको महत्वमा जोड दिदै यस्ता शिविरले पार्ने सकारात्मक प्रभाव बारे प्रकाश पारे ।शिविरमा हिमालयन आँखा अस्पतालका शिबिर संयोजक सुबास नेपालको नेतृत्वमा अस्मी श्रेष्ठ, स्वेच्छा गुरुङ, पूजा थापा, दिपना थापा लगायतले प्राबिधिक सहयोग गरेका गरेका थिए ।सोही समूहले आर्बाकै सिद्दार्थ प्राथमिक विद्यालयका थप ५० जना विद्यार्थीको समेत आँखा परीक्षण गरिएको जनाईएको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38