ताजा खबर

पोखरा महानगर वडा नम्वर ८ द्धारा ट्राफिकलाई नो पार्किक स्याण्ड हस्तान्तरण

   १७ पुष २०७५, मंगलवार ०६:५०      976 views

ट्राफिक ब्यवस्थापनमा सहज बनाउने उद्देश्यले पोखरा महानगरपालिका वडा नम्वर ८ ले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई नो पार्किङ स्ट्याण्ड प्रदान गरेको छ । वडास्तरीय बजेटबाट वडाले ट्राफिक कार्यालयलाई २० वटा नो पार्किङ स्टयाण्ड सहयोग प्रदान गरेको हो ।

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख मुरारि मिश्रलाई नो पार्किङ स्टयाण्ड हस्तान्तरण गरिन् । कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले पोखरामा ट्राफिक ब्यवस्थापन चुनौती बनेको बताउदै नो र्पािर्कङले सहजता बनाउन सहयोग पुग्ने बताइन् । ट्राफिक ब्यवस्थापनका लागि महानगर, ट्राफिक लगायत नीजि क्षेत्रको सहकार्य हुनुपर्नेमा उनले जोड दिइन् । उपप्रमुख गुरुङले पोखराको पार्किङ ब्यवस्थापन र ट्राफिक जामलाई न्यूनिकरण गर्न ट्राफिकले ल्याउने योजनामा महानगरले सधै सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरिन् । ‘ट्राफिक ब्यवस्थापनमा ल्याउने योजना र भिजनलाई सधै महागनरको साथ सहयोग हुन्छ ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख मुरारि मिश्रले ट्राफिक ब्यवस्थापन चुनौतीपूर्ण रहेको बताउदै सवैको सहयोग र साथको खाँचो रहेको बताए । उनले भने, एक्लैले गर्न सकिदैन् सवैको साथ र सहयोग चाहिन्छ । वडाले नो पार्किङ स्टयाण्ड दिएको छ उनले भने हेर्दा यो सानो भएपनि ट्राफिक ब्यवस्थापनमा केही सहजता ल्याउने छ । वडा नम्वर ८ का अध्यक्ष एवं महानगर ट्राफिक ब्यवस्थापन समितिका संयोजक रुद्रनाथ बरालले पार्किङ व्यवस्थापनलाई सहज बनाउन नो पार्किङ स्टयाण्ड हस्तान्तरण गरेको बताए ।

वडास्तरीय बजेट मार्फत उपलब्ध गराईएको बताउदै ट्राफिक ब्यवस्थापन वडाभित्र ठूलो समस्याका रुपमा देखिएका कारण २० वटा स्टयाण्ड हस्तान्तरण गरिएको बताए । उनले वडामा पार्किङको लागि जग्गाको खोजी भैरहेको बताए । महानगरका इन्जिनियर सुरेन्द्र पौडेलले ५२ हजारको रुपैयाँमा नो पार्किक स्याण्ड वडाले निर्माण गरेको बताउदै ट्राफिक ब्यवस्थापनमा महानगर लागि परेको बताए ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
%d bloggers like this: