ताजा खबर

आर्वा विजय मा.वि.को ३५औं वार्षिकोत्सव सम्पन्न

   १८ पुष २०७५, बुधबार ०६:५५      2,381 views

पोखरा १३ ढाडबेसीको आर्वा विजय माध्यमिक विद्यालयले ३५औं वार्षिकोत्सव मनाएको छ
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिक्षाको विकासले मात्रै देशको विकास सम्भव रहेको जनाए ।

विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षाका लागि जोड पुग्ने गरी अघि बढाउनु पर्ने उनको भनाइ थियो ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले विद्यालयहरु स्थानीय तह मातहतमा रहेको जनाउँदै योजना बनाएर अघि बढ्ने बताए । जिविसका पूर्व उपसभापति श्रीनाथ बरालले प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले त्यस विषयका लागि अघि बढ्न सुझाए । पोखरा १३ का वडाध्यक्ष दर्शन लामाले विद्यालयहरुमा आइसीटी युक्त शिक्षा प्रदान गर्ने कक्षाहरु सञ्चालनमा ल्याउने बताए । विद्यालयका प्रधानाध्यापक शिवराज पौडेल विद्यालयको प्रगति प्रतिवेदन र शिक्षक चन्द्र बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा अमरसिंह स्रोत केन्द्रका स्रोत व्यक्ति शिवप्रसाद सापकोटा, अमर ज्योति आधारभूत विद्यालयका प्रअ विमलप्रसाद बराल, चन्डिका आधारभूत विद्यालयका प्रअ जमानसिंह गुरुङ, कोपिला बराल, हरिप्रसाद बराल, हिमलाल बराल लगायतले बोलेका थिए । विद्यालयको शिक्षकको तर्फबाट झलक पौडेल र विद्यार्थीबाट दीपक पौडेलले विद्यालय र शिक्षाबारे बोलेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिबहादुर बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक बालकृष्ण विकले गरेका थिए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: