ताजा खबर

भाचोकको विभिन्न विद्यालयहरुमा लायन्स क्लव अफ गोल्डेन चौतारीको सहयोग

   १९ पुष २०७५, बिहीबार १८:५२      1,497 views

बसन्तकुमार श्रेष्ठ

लायन्स क्लव अफ गोल्डेन चौतारी पोखराले नयाँ वर्ष २०१९ को उपलक्ष्यमा कास्कीको मादी गाउँपालिका वडा नं. १० भाचोकको विभिन्न विद्यालयलाई सहयोग गरेको छ । जस अन्तरगत सेवा मिलन आधारभूत विद्यालय भाचोक, देवी आधारभूत विद्यालय ढोडेनी र बाल विकास केन्द्र भाचोकलाई स्टील दराज, डस्टबीन, स्वीटर र शैक्षिक सामाग्री प्रदान गरिएको हो ।


लायन्स क्लव अफ गोल्डेन चौतारीका कोषाध्यक्ष चिन्ता गुरुङ र सदस्य बबी गुरुङ मार्फत उहाँहरुले अध्ययन गरेको उक्त विद्यालयहरुमा सहयोग गरेको हो । सेवा मिलन आधारभूत विद्यालयका प्रधानाध्यपक ईन्द्रप्रसाद सुवेदी, ढोडेनी बाल विकास केन्द्रका प्रधानाध्यापक पुष्पराज अधिकारीलाई सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।


कार्यक्रममा लायन्स क्लव अफ गोल्डेन चौतारीका संस्थाका अध्यक्ष ला.दिनबन्धु पौडेलले यसप्रकारको सहयोगले विद्यालयको शैक्षिक विकासमा मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । अगामी दिनमा विद्यालयमा पनि पिउने पानीको व्यवस्थापन गर्न आपूmहरु तयार रहेको उहाँले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका रिजनल चियरपर्शन लायन खुबबहादुर बरालले नयाँवर्षको नयाँ दिनबाट आपूmहरुको नयाँ काम शुरुवात भएको भन्दै आउने दिनमा यसप्रकारको कार्यक्रमलाई निरन्तरता दिदै जाने बताउनुभयो ।


कार्यक्रममा विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्र समिर गुरुङलाई उत्कृष्ठ विद्यार्थीको रुपमा क्लबले नगद रु. ५ हजार ५ सयका साथै शैक्षिक साम्रग्री र स्वीटर समेत प्रदान गरेको थियो ।

कार्यक्रममा क्लबका विद्यालय सहयोग कार्यक्रमका संयोजक एवं सन ०१८÷१९ का अध्यक्ष लायन खेमराज बराल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघुनाथ गौतम, देवी आधारभूत विद्यालयका प्र.अ. हिमलाल शर्माले पनि मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा क्लवका डिष्ट्रिक एडभाईजर ला. दिनबन्धु पौडेल, पूर्व अध्यक्ष ला.शालीग्राम देवकोटा, प्रथम उपाध्यक्ष ला.लक्ष्मीनारायण देवकोटा, द्वितिय उपाध्यक्ष ला. सूर्यबहादुर कार्की, सह–सचिव शालिकराम लामिछाने, कोषाध्यक्ष चिन्ता गुरुङ, सह–कोषाध्यक्ष जमुना गुरुङ, सदस्यहरु बबी, अनिता र सुनिता लगायतको सहभागिता रहेको थियो ।


हाल उक्त बाल विकास केन्द्रमा १७ जना र सेवा मिलन आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्म गरि ६७ जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालय सहयोग वितरण कार्यक्रम पश्चात क्लबका पदाधिकारीहरुको स्वागतमा भाचोकको आमा समूह र युवा क्लबका कलाकारहरु स्वागत नृत्य प्रस्तुत गरिएको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: