
सिक्लेसमा माघे सक्रान्ति मेलाको तयारी तिव्र
तस्विर सौजन्य मिलन गुरुङ /सचिव सिक्लेस युवा क्लव
कास्कीको मादी गाउँपालिका १ सिक्लेसमा सिक्लेस युवा क्लवको २४औँ वार्षिकउत्सव एवम् सिक्लेस माघे संक्रान्ति मेला २०७५ को अवसरमा विभिन्न कार्यक्रमहरु आयोजन गरिने भएको छ ।

माघ १ गतेदेखि ४ गतेसम्म आयोजना हुने मेला अवधीभर स्थानिय तिर्थस्थलहरु “म्हउदु” र “फैमक्यु” मा स्नान गरी पुजाआजा गर्ने, स्थानिय “स प्वू” मा परम्परागत रुपमा संचालन हुदै आएको खुल्ला ठेलो (छेलो) प्रतियोगिता, लोपोन्मुख लोक भाकामा बाबा आमाहरुको विजोड साँङगेतिक प्रस्तुती, लोक दोहोरी, रसाकस्सी, महिलाहरुको लागि सियो धागो प्रतियोगिता तथा घैंटो फुटाई कार्यक्रम सञ्चालन हुने सिक्लेस युवा क्लवका अध्यक्ष तिलमान गुरुङले जानकारी दिनुभयो ।

मेलामा पुरुष र महिला भलिबल, वास्केटवल तथा गाउँ स्तरिया सामुहिक नृत्य प्रतियोगिता लगायतका कार्यक्रम समावेश गरिने भएको छ । गाउँ स्तरिय सामुहिक नृत्य प्रतियोगितामा प्रथम हुने समुहले ४० हजार र दोस्रो हुने समुहले ३० हजार तथा तेस्रो हुने समुहले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने पुरुष भलिबल र वास्केटबलमा प्रथम हुने टिमले ५० हजार दोस्रो हुने टिमले ४० हजार पुरस्कार प्राप्त गर्नेछ भने महिला भलिबलमा प्रथम हुने टिमले २० हजार र दोस्रो हुने टिमले १५ हजार पुरस्कार प्राप्त गर्नेछ ।

मेला सम्पन्न गर्नका लागि १० लाख रुपैंया खर्च लाग्ने तथा १२ लाख ९५ हजार आम्दानी हुने अनुमान गरिएको सिक्लेस युवा क्लवका सचिव तथा मेला संयोजक मिलन गुरुङले जानकारी दिनुभएको छ ।
आजको खबर

पोखरा उद्योग वाणिज्य संघले पोखरा महानगरपालिकालाई फुटपाथ, पार्किङ तथा बजार व्यवस्थापनबारे सुझावसहित ज्ञापनपत्र बुझाएको छ । संघका वाणिज्य उपाध्यक्ष तथा फुटपाथ, पार्किङ तथा बजार व्यवस्थापन…
अझै पढ्नुहोस्
काठमाण्डाै – संसदीय समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद् राष्ट्रिय सभाअन्तर्गतको…
अझै पढ्नुहोस्Follow Us

पाेखरा विमानस्थल नजिककाे रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन
१३ फाल्गुन २०७७, बिहीबार २०:०८

फुटपाथ, पार्किङ तथा बजार व्यवस्थापनबारे पोउवा संघको महानगरलाई सुझाव
१३ फाल्गुन २०७७, बिहीबार २०:१७
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38