ताजा खबर

कहाँछिन गायिका विष्णु माझी ? प्रहरीद्वारा चासो व्यक्त

   २० पुष २०७५, शुक्रबार ०९:०८      1,103 views


केही दिनअघि उनका ५८ वर्षीय बाबु ताराबहादुरले छोरी विष्णुसँग सम्पर्क नभएको ११ वर्ष भएको बताए । यो अवधिमा छोरीको बोली सुन्न र अनुहार हेर्न नपाएको सुनाए । कलाकारिताको क्षेत्रमा मुलुककै पहिलो स्थानमा पहिचान बनाउन सफल स्याङ्जाकी विष्णु माझी लोक तथा दोहोरी गीत गायिका हुन ।


चापाकोट नगरपालिका ८ खोरियाघाटमा जन्मिएकी माझीले स्वर दिएका प्रत्येक गीतले चर्चा बटुलेका छन । उनका हरेक गीत चर्चित छन् । यसकारण पनि उनी लोकगायनमा पहिलो स्थानमा छिन् । त्यसो त उनी महँगो पारिश्रमिक लिने कलाकारका रूपमापनि चिनिन्छिन ।
करिब ११ वर्षअघि गायक सुन्दरमणि अधिकारीसँग वैवाहिक जीवनमा बाँधिएकी उनी भूमिगतजस्तै छिन । बेला–बेला उनको खोजी सामाजिक सञ्जाल फेसबुकमार्फत हुँदै आए पनि उनी कहाँ छिन ? के गर्छिन ? कसको सम्पर्कमा आउँछिन् भन्नेबारे थाहा छैन । त्यसो त उनका माइती पक्षसमेत उनकाबारे खुलेर बोल्न सक्दैनन ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले गायिका विष्णुको खोजी गरेका छन । आफन्तका अनुसार कलाकारिता क्षेत्रमा समेत उनलाई विवाहपूर्व सुन्दरमणिले नै ल्याएका थिए । विवाहअघि नै माझीलाई ‘बन्धक’ बनाएको भन्ने समाचार आउन थालेपछि सुन्दरमणिले विवाह गरेको खबर बाहिर ल्याइयो । एक वरिष्ठ कलाकारका अनुसार माझीसँग विवाह गर्नुअघि सुन्दरमणिको विवाह भइसकेको थियो । हाल विष्णु जुम्ल्याहा दुई सन्तानकी आमासमेत बनेको भनिन्छ ।
कालीगण्डकी नदीको किनारमा रहेको झुपडीबाट कक्षा ९ मा पढ्दापढ्दै विष्णु काठमाडौं गएकी थिइन । त्यसपछि उनी कोही आफन्त र साथीको सम्पर्कमा छैनन । प्रजिअ निरौलाले विष्णुको खोजी सुरु गरेको बताए ।

‘पहिले पनि उनका बारेमा धेरै चर्चा नचलेको होइन,’ उनले भने, ‘हामी पनि यस विषयमा मौनजस्तै थियौं । विभिन्न सञ्चार माध्यममा उनी श्रीमानबाट नै बन्धक बनाइएकी भनिन्छ । अहिले स्याङ्जामै कार्यरत र विष्णु यसै जिल्लाको भएकाले खोजी गरेका हौं । यसबारे विष्णुका माइती र घरपक्षसँग पनि बुझ्ने छौं ।’ उनले सम्बन्धित निकायसमक्ष उनको खोजीका लागि पत्राचार गरिसकेको बताए ।

सुरिलो भाकाकी विष्णुले गाएका प्रत्येक गीत यु–ट्युब भ्युअर बढी हुन्छ । राष्ट्रिय कलाकार बनेकाले पनि यतिबेला उनको खोजी हुनु स्वाभाविक रहेको बताउँछन् विन्ध्यवासिनी म्युजिक प्रालिका निर्देशक सुवास रेग्मी । जिल्लाकै चेली भएका नाताले पहिलेबाटै खोजी गरिएको उनले बताए । ‘सुन्दरमणिबाट केही पत्ता लगाउन नसकिने र सुन्दरमणि स्वयं तर्किने गर्छन,’ उनले भने । माझी सामाजिक कार्यक्रममा पनि देखिन्न

रेग्मीका अनुसार विष्णु गुपचुप रहे पनि हिट छिन । उनलाई हालसम्म कोही कलाकारले जित्न सकेका छैनन । जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले गायिका विष्णुबारे अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए । यसो त उनको गुप्तवास स्वैच्छिक हो कि बाध्यता ? भन्ने प्रश्न नआएको पनि होइन ।

विष्णुलाई आफ्नै श्रीमान्ले बन्धक बनाएर राखेका छन् भन्ने हल्ला चलिरहँदा त्यो सत्यसँग नजिक छ र छैन भन्ने रहस्य बनेको छ । उनको चौतर्फी माग हुँदासमेत देशका कार्यक्रममा सहभागी हुँदिनन । (कान्तिपुर दैनिकबाट)

0 0 vote
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: