
किन घुम्ने सिक्लेस ? यस्ता छन विशेषताहरु
मिलन गुरुङ “सिक्लेसी” / सचिव सिक्लेस युवा क्लव
गण्डकी प्रदेश भित्रको उत्कृष्ट गाउँहरुको नाम लिदा सिक्लेसको नाम पनि अग्रणी स्थानमा पर्दछ । कास्की जिल्लाको उत्तरपुर्वी भागको अन्नपूर्ण हिम श्रृंखलाबाट उत्पति भएको मादी नदीले बनाएको फाँट पाखोमा आधारित भएर बसेको सिक्लेस गाउँको इतिहास सायद नेपालको अरु धेरै पुरानो र ठूलाठूला गाउँहरुको भन्दा अभैm पुरानो लगभग १००० (एक हजार)बर्ष पुरानो भएको मानिन्छ ।

सिक्लेस सम्बन्धी कतिपय जानिफकारहरुको भनाई अनुसार क्होंलामा बस्ती हुँदा त्यहाँ पनि बस्ती थियो तर सानो गाउँको कारण प्रख्यात हुन सकेको थिएन । १३औं शताब्दीतिर जब क्होंला सोंथरको बस्ती विघटन भयो अनि ठुलो संख्यामा सिक्लेसमा मानिसहरु क्होंलाबाट आए, यहि क्रममा अरु ठाँउहरुबाट पनि परिवारहरु त्यहाँ आइ बस्न थाल्द त्यहाँको बस्ती ठुलो हुँदै गयो र ठुलो बस्तीको आवश्यकता अनुसार त्यहाँको खेतीपती, पशुपालन, मर्दा पर्दाको रितिथिति बोन धर्म माथी पुर्नविचार, काटछाँड र भागबन्ड समेत गरे । नियम कानुन शासन पद्धतिमा सुधार लगायत राज्य व्यबस्थालाई सघाउने गरि स्थानीय नियम कानुनहरुलाई जिविका उपार्जनको राम्रो व्यवस्था गरिएको थियो ।

कानुनलाई राम्ररी कार्यान्वयनको स्थीति थियो । समय अनुसार बदलिदो परिस्थितीमा सिक्लेसमा पनि बदलाब आउँदै गयो । बि.स.२००० को २५ बर्ष अघि र पछि समयमा सिक्लेसको जनसंख्या चुलिएको थियो । बि.स.२०२५ साल यता फाट्टफुट्ट रुपमा सिक्लेसबाट बजार तर्फ मानिसहरु लाग्न थालेको पाइन्छ । बसाईसराईको क्रम पहिला सिक्लेसमा अन्तैबाट भई आएको थियो ।

शिकारी युग देखि कृषि युगमा प्रवेश गर्दा जमेको सिक्लेस आज कृषि र बैदेशिक रोजगारको युगलाईपछि पादै पर्यटन व्यवसाय तथा व्यापारको युगमा प्रवेश भई सकेको जो कोहिलाई सिक्लेस आईपुग्दा भान हुन्छ ।

कास्की जिल्ला मादी गाउँपालिकाको यो १२ वटै वडा मध्ये सबै भन्दा ठुलो गाउँ हो सिक्लेस । यसै वर्ष सिक्लेस नेपाल सरकारबाट साँस्कृतिक गाउँको साथै पर्यटकिय गाउँ÷क्षेत्र घोषणा भई सकेको छ र यसैवर्षदेखि सोहि अनुसार कार्यक्रमहरु सिक्लेसमा अगाडी बढिरहेको छ ।
गुरुङहरुको एक ऐतिहाँसिक र रमणिय पर्यटकिय गाउँ हो सिक्लेस ।

नेपालमा पर्यटकको मुटु मानिने पोखरादेखि उत्तरपूर्वी भाग अन्नपूर्ण हिमश्रृखलाको काखमा अवस्थित सिक्लेस गुरुङ समुदायकै मुटु मान्न सकिन्छ । सिक्लेस गाउँ सामुन्द्रिक सतहदेखि २ हजार मिटरको उचाईमा रहेको छ । गुरुङ समुदायको मौलिक परम्परा, संस्कार–संस्कृति, रितिथिति, रहन सहन, भेषभूषा जस्ता सामाजिक मूल्य मन्यतामा आधारित समाजको अभ्यास नै सिक्लेस गाउँको विशेषता मान्न सकिन्छ ।

गुरुङ समुदायको मौलिक इतिहासलाई कायम राख्न मात्र नभई त्यसलाई विकास र विस्तार गर्नुको साथै सिक्लेसको भौगोलिक संरचनाले पनि यसलाई उच्चस्तरमा राख्न सफल भएको पाइन्छ । ठुला–ठुला चौर झारी, पहाड, पखेरो झरना, छाँगा, नदी नाला, हिमश्रृखला, हरिया बनजंगल र मौसमी फूलहरु जस्ता प्राकृतिक सम्पदाले सिक्लेसलाई सजाउदै विश्वसामु चिनाएको छ ।

यसैगरी परम्परागत सामाजिक संरचना, मौलिक, भेषभुषा, खानपिन, सामाजिक र कृषि संगठन, खेती किसान र पशुपालन पनि सिक्लेसको लागि उत्तिकै मजवुद र सिक्लेस गाउँको वरिपरि चारैतिर विभिन्न सिमिभूमि, देवीदेउराली तथा पूजणिय स्थलहरु छन् भने ह्येउरा सिमिभूमि यहाँको मूल प्राकृतिक पूजा स्थान हो ।

पोखरादेखि हिडेर कम्तीमा एकदिन लाग्ने सिक्लेस जान अहिले दुई वटा छुट्टाछुट्टै गाडीको बाटो भएर पनि जान सकिन्छ । सिक्लेसको दक्षिणतिर अर्को रमाइलो र सुन्दर गाउँ ताङ्गतिङ्ग, पश्चिमतिर पार्चे, खिलाङ्ग, तप्राङ्ग, उत्तरतिर विशाल अन्नपूर्ण हिमश्रृखला र पूर्वतिर कोरी, म्ह्युच्या, फँुलूँ जस्ता खुल्ला खर्कका साथै गुरुङ समूदायकै ऐतिहासिक र पूरातात्विक राज्य क्हाेंला सोंथर पर्दछ ।

प्राकृतिक र भौगोलिक हिसाबले धप्राङ्गथर, लामाथर, हर्पूथर, सभाथर, कोँइथर र गैरीथर गरी ६ ओटा टोलमा रहेको सिक्लेस राजनैतिक वा प्रशानिक रुपले ५ ओटा टोलमा विभाजन गरिएको छ ।
पछिल्ला स्थानिय तहको तथ्याङ्क अनुसार करिव ४ सय ५० घरधुरी रहेको सिक्लेसलाई सात सय सिक्लेस भनेर पनि चिनिन्छ । यहाँको जाति÷समुदायमा गुरुङको संख्या बाहुल्य छ भने विश्वकर्मा र परियारहरु पनि केही मात्रमा छन ।

सिक्लेस गाउँमा खानेपानी र बाटोघाटोको राम्रो व्यवस्था छ भने स्थानिय ङ्कच खोलाबाट उत्पादित विद्युतले विगत २५ वर्षदेखि २४ घण्टा उज्यालो दिइरहेको छ । सरकारी संस्थाहरुमा मादी गाँउपलिका वडा नं.१ को वडा कार्यलाय संचालनमा छ भने साथै स्वास्थ्य क्षेत्रमा सिक्लेस उप–स्वास्थ्य चौकी पनि छ ।

छिट्टै सुविधासम्पन्न स्वास्थ्य चौकी संचालनको तयारीमा छ । वि.स २०१३ सालमा प्रा.वि. स्तरमा स्थापना भएको श्री अन्नपूर्ण विद्यालयमा हाल मा.वि. स्तरमा पठनपाठन भइरहेको छ । यसैगरी गैरसरकारी संस्थाहरुमा अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति, स्थानिय स्तरमा क्रियाशिल सिक्लेस युवा क्लव, मादीखोला महिला विकास संघ, सिक्लेस विकास सरोकार समुह र अनौपचारिक रुपमा आमा समूहहरु क्रियाशिल छन् भने सिक्लेस गाउँ माथि पर्यटकिय गन्तव्यको रुपमा सिक्लेस पार्कको निर्माण भएको छ ।

लोपोन्मुख भईसकेका पौराणिक सामग्रीहरुको संरक्षण तथा जगेर्ना गर्नेको लागि स्थानिय संग्रहालय इकोम्युजिक सिक्लेस बि.स.२०७१ साल देखि संचालन गदै आईरहेको छ । गाउँको मुख्य पेशा गुरुङहरुको परम्परागत कृषि पेशा र पशुपालन नै हुन् भने १५ वटा होटेल, २१ वटा होम स्टे र नगन्य मात्रमा व्यापार व्यवसाय पनि छ ।

गाउँपालिकाको यो १२ वटै वडा मध्ये सबै भन्दा ठुलो गाउँ हो सिक्लेस । यसै वर्ष सिक्लेस नेपाल सरकारबाट साँस्कृतिक गाउँको साथै पर्यटकिय गाउँ÷क्षेत्र घोषणा भई सकेको छ र यसैवर्षदेखि सोहि अनुसार कार्यक्रमहरु सिक्लेसमा अगाडी बढिरहेको छ । गुरुङहरुको एक ऐतिहाँसिक र रमणिय पर्यटकिय गाउँ हो सिक्लेस ।

नेपालमा पर्यटकको मुटु मानिने पोखरादेखि उत्तरपूर्वी भाग अन्नपूर्ण हिमश्रृखलाको काखमा अवस्थित सिक्लेस गुरुङ समुदायकै मुटु मान्न सकिन्छ । सिक्लेस गाउँ सामुन्द्रिक सतहदेखि २ हजार मिटरको उचाईमा रहेको छ । गुरुङ समुदायको मौलिक परम्परा, संस्कार–संस्कृति, रितिथिति, रहन सहन, भेषभूषा जस्ता सामाजिक मूल्य मन्यतामा आधारित समाजको अभ्यास नै सिक्लेस गाउँको विशेषता मान्न सकिन्छ । गुरुङ समुदायको मौलिक इतिहासलाई कायम राख्न मात्र नभई त्यसलाई विकास र विस्तार गर्नुको साथै सिक्लेसको भौगोलिक संरचनाले पनि यसलाई उच्चस्तरमा राख्न सफल भएको पाइन्छ । ठुला–ठुला चौर झारी, पहाड, पखेरो झरना, छाँगा, नदी नाला, हिमश्रृखला, हरिया बनजंगल र मौसमी फूलहरु जस्ता प्राकृतिक सम्पदाले सिक्लेसलाई सजाउदै विश्वसामु चिनाएको छ ।

यसैगरी परम्परागत सामाजिक संरचना, मौलिक, भेषभुषा, खानपिन, सामाजिक र कृषि संगठन, खेती किसान र पशुपालन पनि सिक्लेसको लागि उत्तिकै मजवुद र सिक्लेस गाउँको वरिपरि चारैतिर विभिन्न सिमिभूमि, देवीदेउराली तथा पूजणिय स्थलहरु छन् भने ह्येउरा सिमिभूमि यहाँको मूल प्राकृतिक पूजा स्थान हो ।

पोखरादेखि हिडेर कम्तीमा एकदिन लाग्ने सिक्लेस जान अहिले दुई वटा छुट्टाछुट्टै गाडीको बाटो भएर पनि जान सकिन्छ । सिक्लेसको दक्षिणतिर अर्को रमाइलो र सुन्दर गाउँ ताङ्गतिङ्ग, पश्चिमतिर पार्चे, खिलाङ्ग, तप्राङ्ग, उत्तरतिर विशाल अन्नपूर्ण हिमश्रृखला र पूर्वतिर कोरी, म्ह्युच्या, फँुलूँ जस्ता खुल्ला खर्कका साथै गुरुङ समूदायकै ऐतिहासिक र पूरातात्विक राज्य क्हाेंला सोंथर पर्दछ ।

प्राकृतिक र भौगोलिक हिसाबले धप्राङ्गथर, लामाथर, हर्पूथर, सभाथर, कोँइथर र गैरीथर गरी ६ ओटा टोलमा रहेको सिक्लेस राजनैतिक वा प्रशानिक रुपले ५ ओटा टोलमा विभाजन गरिएको छ ।
पछिल्ला स्थानिय तहको तथ्याङ्क अनुसार करिव ४ सय ५० घरधुरी रहेको सिक्लेसलाई सात सय सिक्लेस भनेर पनि चिनिन्छ । यहाँको जाति÷समुदायमा गुरुङको संख्या बाहुल्य छ भने विश्वकर्मा र परियारहरु पनि केही मात्रमा छन ।

सिक्लेस गाउँमा खानेपानी र बाटोघाटोको राम्रो व्यवस्था छ भने स्थानिय ङ्कच खोलाबाट उत्पादित विद्युतले विगत २५ वर्षदेखि २४ घण्टा उज्यालो दिइरहेको छ । सरकारी संस्थाहरुमा मादी गाँउपलिका वडा नं.१ को वडा कार्यलाय संचालनमा छ भने साथै स्वास्थ्य क्षेत्रमा सिक्लेस उप–स्वास्थ्य चौकी पनि छ ।

छिट्टै सुविधासम्पन्न स्वास्थ्य चौकी संचालनको तयारीमा छ । वि.स २०१३ सालमा प्रा.वि. स्तरमा स्थापना भएको श्री अन्नपूर्ण विद्यालयमा हाल मा.वि. स्तरमा पठनपाठन भइरहेको छ । यसैगरी गैरसरकारी संस्थाहरुमा अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति, स्थानिय स्तरमा क्रियाशिल सिक्लेस युवा क्लव, मादीखोला महिला विकास संघ, सिक्लेस विकास सरोकार समुह र अनौपचारिक रुपमा आमा समूहहरु क्रियाशिल छन् भने सिक्लेस गाउँ माथि पर्यटकिय गन्तव्यको रुपमा सिक्लेस पार्कको निर्माण भएको छ ।

लोपोन्मुख भईसकेका पौराणिक सामग्रीहरुको संरक्षण तथा जगेर्ना गर्नेको लागि स्थानिय संग्रहालय इकोम्युजिक सिक्लेस बि.स.२०७१ साल देखि संचालन गदै आईरहेको छ । गाउँको मुख्य पेशा गुरुङहरुको परम्परागत कृषि पेशा र पशुपालन नै हुन् भने १५ वटा होटेल, २१ वटा होम स्टे र नगन्य मात्रमा व्यापार व्यवसाय पनि छ ।

यसैगरी भारतीय सेना, बृटिश सेना, खाडी मुलक र अन्य मूलकहरुमा रोजगारका लागि पनि लागेका छन् । सिक्लेस परम्परागत हस्तकला व्यवसाय, राडिपाखी, थैलो, भाङ्ग्रा (रेँका), बख्खु र मान्द्रो, भकारी, डोको, डालो, नाम्लो गुन्द्री उत्पादनमा पनि प्रख्यात छ ।
आजको खबर

तमु धि यूके का संस्थापक अध्यक्ष वरिष्ठ समाजसेवी मिनप्रसाद गुरुङकी धर्मपत्नी एवम् तमु धि युके आमा समुहकी अभिभावक चन्द्रमाया गुरुङको ४९ दिनको पुण्य तिथिको अवसरमा…
अझै पढ्नुहोस्
तमू धीं नेपालका केन्द्रीय अध्यक्ष एवं आदिवासी जनजाती पत्रकार महासंघ गण्डकी प्रदेशका प्रमुख हुमबहादुर गुरुङलाई मातृशोक परेको छ । कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक…
अझै पढ्नुहोस्
तमू भाषका आदिकवि स्वर्गीय हर्कबहादुर गुरुङको नवनिर्मित शालिक अनावरण गरिएको छ । आदिकवि स्व. गुरुङको ८४ औं जन्म जयन्तीका दिन आईतबार उनकै गाउँ स्याङ्जा फेदिखोला…
अझै पढ्नुहोस्Follow Us

बाजुङ शैक्षिक प्रतिष्ठानलाई समाजसेवी सावित्री गुरुङद्धारा १ लाख ५० हजार आर्थिक सहयोग
११ माघ २०७७, आईतवार ११:३७

तमू भाषाका आदिकवि स्व.हर्कबहादुर गुरुङको ८४औं जन्मजयन्तीमा शालिक अनावरण
१२ माघ २०७७, सोमबार १७:१९

तमू धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई मातृशोक, पोखराका सबै तमू संघ संस्थाद्धारा शोक व्यक्त
१२ माघ २०७७, सोमबार १७:४६
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38