
मनकामनामा सुन्तला खेती गर्दै आएका किसानलाई ‘परिचयपत्र’ वितरण

गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनाका सुन्तलाखेती गर्दै आएका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन एकाइ सुन्तला जात फलफूल जोनले व्यावसायिक रुपमा सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र वितरण थालेको हो ।
किसानलाई व्यावसायिक रुपमा खेती गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले परिचयपत्र वितरण गरिएको परियोजनाका प्रमुख अजय अधिकारीले जानकारी दिए । चालू आर्थिक वर्षमा जिल्लाभरका एक हजार दुई सय अमिलो जातका फलफूलको व्यावसायिक खेती गर्दै आएका किसानलाई परिचयपत्र वितरण गर्ने योजना छ ।
‘सुन्तला जोन क्षेत्रभित्रका सबै किसानलाई परिचयपत्र वितरण गर्ने तयारी गरेका छाैं’, उनले भने । परिचयपत्र लिन किसानले निवेदनसँगै दुईप्रति फोटो, नागरिकताको फोटोकपी र लालपुर्जाको फोटोकपी बुझाउनुपर्ने व्यवस्था गरिएको छ । परिचयपत्र लिन चाहने किसानले कम्तीमा २० बोट सुन्तला, अमिलो, कागती वा अमिलोजातका फलफूल खेती गरेको हुनुपर्ने परियोजनाका सञ्चालक समितिका संयोजक धुव्रप्रसाद खनालले जानकारी दिए ।
आजको खबर

पोखरा उद्योग वाणिज्य संघले पोखरा महानगरपालिकालाई फुटपाथ, पार्किङ तथा बजार व्यवस्थापनबारे सुझावसहित ज्ञापनपत्र बुझाएको छ । संघका वाणिज्य उपाध्यक्ष तथा फुटपाथ, पार्किङ तथा बजार व्यवस्थापन…
अझै पढ्नुहोस्
काठमाण्डाै – संसदीय समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद् राष्ट्रिय सभाअन्तर्गतको…
अझै पढ्नुहोस्Follow Us

पाेखरा विमानस्थल नजिककाे रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन
१३ फाल्गुन २०७७, बिहीबार २०:०८

फुटपाथ, पार्किङ तथा बजार व्यवस्थापनबारे पोउवा संघको महानगरलाई सुझाव
१३ फाल्गुन २०७७, बिहीबार २०:१७
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38