ताजा खबर

लक्ष्मी स्मृति पुरस्कारबाट उपकुलपति डा.जगमान गुरुङ पुरस्कृत

   २१ पुष २०७५, शनिबार ०६:५२      1,493 views

यसपटकको लक्ष्मी सिग्देल स्मृति पुरस्कारबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङलाई पुरस्कृत गरिएको छ ।

पोखरामा शुक्रबार आयोजित कार्यक्रमबीच गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, पृथ्वीधर सिग्देल समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देल र पुरस्कार संस्थापक शरदकान्त सिग्देलले उनलाई सो पुरस्कारबाट सम्मान गरेका हुन् ।पुरस्कारको राशि नगद ३० हजार पाँच सय ५५ सहित सम्मानपत्र र दोसल्ला रहेको छ ।

नेपाली भाषा, इतिहास, संस्कृति, पुरातत्व, ज्योतिष विज्ञानको उच्च अध्ययन र अध्यापनद्वारा पु¥याएको योगदानको कदर गर्दै उपकुलपति गुरुङलाई सो पुरस्कार प्रदान गरिएको हो ।


पृथ्वीधर सिग्देल समाजले संचालन गर्दै आएको सो पुरस्कार स्व. लक्ष्मी सिग्देलका परिवारले स्थापना गरेका हुन्। पुरस्कारका लागि छोरा शरदकान्त सिग्देल र छोरी शारदा पराजुली सिग्देलले दुई लाख रुपैयाको अक्षयकोष स्थापना गरेका थिए । पुरस्कार संस्थापक शरदकान्त सिग्देलले अक्षयकोष रकम बढाएर तीन लाख पु¥याउने घोषणा गरेका छन् ।कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले थोरै व्यत्तिको जन्म कुल, खान्दान, देश र महादेशको इज्जतका लागि हुने बताए । उनले बिद्वान बन्नु ठूलो कुरा नभएको भन्दै विद्वताबाट ज्ञानशील र कर्मशील बन्नु ठूलो कुरा भएको उल्लेख गरे ।


पुरस्कृत व्यत्तित्व नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले आफु गैर राजनैतिक व्यत्ति भएको भन्दै राजनैतिक व्यत्तिका रुपमा नहेर्न आग्रह गरे । कार्यक्रममा शिक्षाविद् जर्ज जोन, व्यत्तित्व छनोट समितिका संयोजक प्रा. तारा बराल र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बोलेका थिए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: