
ब्रेज–मेश्रों अवार्डबाट ललित गुरुङ सम्मानित
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ ब्रेज–मेश्रों अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङद्वारा प्रदान गरिएको सो अवार्ड ३ हजार डलर नगद, प्रमाणपत्र र दोसल्ला रहेको छ ।

सामाजिक र राजनीतिक नेतृत्वका माध्यमबाट समग्र घान्द्रुकको विकासमा महत्वपूर्ण भूमिका खेलेवापत अध्यक्ष गुरुङलाई सो अवार्ड प्रदान गरिएको हो । उनी नेपाली काँग्रेस घान्द्रुकका सभापति समेत हुन् । उनको नेतृत्वमा गतवर्ष मात्र अन्नपूर्ण आधारशिविरबाट अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव आरम्भ गरी विभिन्न तीन चरणमा सम्पन्न गरिएको थियो ।
महोत्सवकै अवसरमा गत जुन ३ तारिखका दिन अन्नपूर्ण आधारशिविरदेखि घान्द्रुकसम्म पहिलो अन्नपूर्ण म्याराथन समेत सम्पन्न भएको थियो । अन्नपूर्ण म्याराथनको दोस्रो संस्करणको तयारी गरिएको छ । त्यस्तै गुरुङकै नेतृत्वमा अन्नपूर्ण आधारशिविरमा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको अर्धकदको शालिक निर्माण गरिएको छ ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली टोलीको नेतृत्व गर्दै हर्जोगले अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) को सफल आरोहण गरी हिमाल आरोहणको इतिहासमा विश्वकीर्तिमानी राखेको सम्झनामा हर्जोगकोशालिक निर्माण गरिएको हो ।
हङकङमा आयोजित विशेष समारोहबीच समाजका अध्यक्ष राम गुरुङले सो अवार्डबाट गुरुङलाई सम्मान गरेका हुन् । प्रत्येक दुई दुई वर्षमा प्रदान गरिने यो अवार्ड पाँचौं हो । यसअघि विष्णु गुरुङ, भक्तबहादुर गुरुङ, राजबहादुर गुरुङ र कुष्णप्रसाद पौडेल सो अवार्डबाट सम्मानित भै सकेका छन्
आजको खबर
Follow Us

पोखरामा सिट्रोन कारको अत्याधुनिक शोरुम सञ्चालनमा
११ आश्विन २०८०, बिहीबार १३:५५
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38