ताजा खबर

पन्चासे केवलकारको प्रारम्भिक साधारण सभा सम्पन

   २२ पुष २०७५, आईतवार ०६:५७      864 views

पन्चासे केवलकार एण्ड टुर्स लिमिटेडको प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ। गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा बिकास मन्त्री रामशरण बस्नेतले पर्यटन नै गण्डकी प्रदेशको आर्थिक सम्बृद्धिको आधार भएको बताउनुभएको छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चासेमा केवलकार सहितको पर्यटकीय पुर्वाधार तयार पार्ने उद्देश्य राखेको पञ्चासे केवलकार एण्ड टुर्सको प्रारम्भिक साधारणसभामा बोल्दै मन्त्री बस्नेतले पर्यटन क्षेत्रले नै गण्डकी प्रदेशले आर्थिक सम्बृद्धि हासिल गर्ने बताउनुभयो ।


गण्डकी प्रदेशको आर्थिक आधार नै पर्यटन हो मन्त्री बस्नेतले भन्नुभयो पर्यटनबाट आर्थिक सम्बृद्धि हासिल गर्न थप लगानीका लागि प्रोत्साहित गर्छौ । उहाँले गण्डकी प्रदेशमा पर्यटन क्षेत्रमा हुने लगानीको सुरक्षा र सम्र्बद्धनको जिम्मा प्रदेश सरकारले लिने पनि बाचा गर्नुभयो । नेकपाका युवा नेता तथा प्रदेशसभा सदस्य राजीब पहारीले पञ्चासे सम्म पुग्न केही बर्ष भित्रमा पक्की सडक समेत पुर्याउने र पञ्चासेमा केवलकार बनाउन आफ्नो ठाउँबाट जुनसुकै सहयोग पनि उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।


प्रदेशसभा सदस्य रामजी बराल ले यस्ता खालका आयोजनाले नै देश लाई समृद्धि तर्फ उन्मुख गराउने कुरा बताए । कार्यक्रममा नेकपाका नेता शिबबहादुर बराल, प्रा.डा.बेदनाथ शर्मा , मोदीगाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेल लगायतले शुभकामना दिनुभएको थियो भने । पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका सञ्चालक चिन्तामणी शर्मा र किरण पोखरेलले पनि बोल्नुभएको थियो । कम्पनिका इीसिओ धर्मराज भण्डारी ले स्वागत गर्नु भएको थियो ।


केवलकारले पोखरा महानगरपालिकाको घाटीछिना देखि पर्वतको मोदी गाउँपालिका र कुस्मा नगरपालिकाको सिमाना सम्म केवलकार, हेरिटेज प्लाजा, होटल, रिर्सोट, होमस्टे, रोपवे, जीप फ्लायर, साइकललेन, वाटरडान्स, लभ पार्क, फन पार्क, श्रवणकुमार आश्रम, लगायतका संरचना निर्माण गर्ने उद्देश्य राखेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जनाए । सबै संरचनाहरु छ बर्ष भित्रमा निर्माण गरि सक्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ । सम्पुर्ण पुर्वाधारहरु सहित १३ अर्व ३८ करोड को लगानी रहेको कुरा अध्यक्ष रामचन्द्र शर्माले जानकारी गराए ।

आजको खबर

मिलन तमू / युके तमू धीं यूकेको भवन मिचेटमा डा. स्व.हर्क ल्हेगे गुरुङ र डा. स्व.चन्द्रप्रसाद कोन्मै गुरुङको स्मृति दिवस मनाइएको छ । कोभिड १९

अझै पढ्नुहोस्

पोखरामा शनिवार एक समारोहका बीच धर्म–अर्थ–काम र मोक्ष विषयक विचार गोष्ठी सम्पन्न भएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले संविधान दिवसका दिन साधारण सभा,

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
%d bloggers like this: