
पर्यटकीय गाउँ खिलाङमा तमू ल्होसार मेला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. १ खिलाङमा स्थानिय थन्कु देउराली युवा क्लबको १७औं वार्षिक उत्सव तथा तमू ल्होसार मेला भव्य रुपमा सम्पन्न भएको छ । पुस १८ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको मेलाको एक समारोहका बीच नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले उदघाटन गर्नुभयो ।

सो अवसरमा उहाँले सरकारमा जुनसुकै पार्टी भएपनि विकास निर्माणको काम सबैले मिलेर गर्नुपर्ने बताउनुभयो । साथै उहाँले गाउँघरमा विकास निर्माणको नाम कतिपय ठाउँमा विनाश पनि भएको भन्दै स्थानीय पाटीपौवा र ठाँटी चौतारीहरुको संरक्षण स्थानियले नै गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका युवा नेताहरु देविजंङ्ग गुरुङ, भोजबहादुर गुरुङ, विशाल गुरुङ तथा मादी गाउँपालिका वडा नं. १ का जनप्रतिनिधि टिकाराम गुरुङ लगायतले मेलाको सफलताको शुभकामना दिनुभएको थन्कु देउराली युवा क्लबका अध्यक्ष हरिभक्त गुरुङले जानकारी दिनुभयो ।
यसैबीच मेलामा सञ्चालन गरिएको पुरुष भलिबल प्रतियोगितमा जनसेवा युवा क्लब थाक प्रथम हुँदै नगद ४० हजार पुरस्कार प्राप्त गरेको छ भने सिल्दु देउराली युवा क्लब खादरजुङ द्धितिय हुँदै नगद ३० हजार रुपैंया पुरस्कार प्राप्त गरेको छ ।

यस्तै बास्केटबल प्रतियोगितामा ताङतिङ युवा क्लब ताङतिङ प्रथम हुँदै नगद ३५ हजार पुरस्कार प्राप्त गरेको छ भने आयोजक थन्कु देउराली युवा क्लब दोस्रो हुँदै २५ हजार नगद पुरस्कार प्राप्त गरेको छ । भलिबलमा १४ र बास्केटबलमा ८ टिम सहभागिता रहेको थियो ।

यस्तै मेलामा आयोजित छेलो प्रतियोगितामा मिलन राना स्याङजा प्रथम, सोम गुरुङ घले खर्क द्धितिय र राजु ताङतिङ तृतिय भएको क्लबका सल्लाहकार चेत गुरुङ (गोरे)ले जानकारी दिनुभएको छ ।

मेला अवधिभर आयोजक थन्कु देउराली युवा क्लवको तर्पmबाट विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । मेलाको उद्घाटन र समापन कार्यक्रम थुन्कु देउराली युवा क्लबका अध्यक्ष हरिभक्त गुरुङको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन क्लबका सल्लाहकार चेत गुरुङ (गोरे)ले गर्नुभएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38