ताजा खबर

शपथ खुवाउन माग गर्दै मनाङे प्रदेशसभामा

   २४ पुष २०७५, मंगलवार ०७:०२      1,122 views

पोखरा — आफूलाई प्रदेशसभा सदस्यको रुपमा शपथ खुवाउन कुनै पनि कानुनले रोकतोक नलगाएको भन्दै दीपक मनाङे गण्डकी प्रदेशसभामा आएका छन् । उनले सभामुख नेत्रनाथ अधिकारीलाई सोमबार भेटेर आफू लामो समयसम्म कुरेको र अब कुर्न नसक्ने भन्दै छिटो निर्णय दिन अनुरोध गरेका थिए ।

बिहान ११ बजे प्रदेशसभामा सचिवालयमा पुगेका गुरुङले सभामुख अधिकारी, उपसभामुख सिर्जना शर्मालगायतसँग भेटेका थिए । उक्त अवसरमा कुनै पनि कानुनले आफूलाई शपथ खानबाट नरोकेको बताउँदै उनले बढी समय कानुनी कुरामै खर्चिएका थिए ।

शपथ छिटो गराउने या नगराउने हो भने लिखित रुपमा दिनुपर्ने उनको भनाई थियो । ‘शपथ नखुवाए पनि म राजीनामा दिन्छु । मलाई नेता हुनु छैन,’ सभामुख अधिकारीसँग गुरुङले भने, ‘संघीय संसदमा जेलमा परेको मान्छेले शपथ खान हुने । म ज्यानमारा वा अन्य कुनै ठूलो अपराधमा संलग्न व्यक्ति नभएको र जेलमुक्त समेत भइसकेकाले शपथ खुवाउनुस् ।’

मनाङेसँगको कुराकानीपछि सभामुख अधिकारीले शपथ खुवाउने नखुवाउने विषयमा फेरी परामर्श थालेका छन् । उनलाई आएको राय सुझावमा एकरुपता छैन । कानुनी कुरा पनि स्पष्ट नहुँदा विषय जटिल भएको अधिकारीको भनाई छ । ‘यस विषयमा म फेरी छलफलमा छु । भोली (मंगलबार) सम्ममा एउटा निर्णयमा पुगिनेछ,’ सभामुख अधिकारीले भने ।

स्रोतहरुका अनुसार मनाङेको शपथ हुने सम्भावना बढेको छ । उनले सभामुख लगायतसँगको भेटमा ‘दमदार’ रुपमा कानुनी व्याख्या गरेका थिए । उनको प्रस्तुतिपछि सभामुख लगायत केही मन्त्री र सांसदहरु समेत सकरात्मक देखिएका छन् ।

सभामुख अधिकारी कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठककका सहभागी सदस्यले कानुन अनुसार जान सुझाव दिएपछि तत्काल शपथ नखुवाउने निष्कर्षमा पुगेका थिए । यसको समाचार सार्वजनिक भए लगत्तै सोमबार बिहान ३ बजे गुरुङ पोखरा आएका थिए ।

सभामुख लगायतसँगको भेटपछि मनाङेले दुई सय प्रतिशत् ‘कन्भिन्स’ गराएको दाबी गरे । ‘मेरो समानुपातिक पद होइन, प्रत्यक्ष निर्वाचितको प्रमाणपत्र भएको सदस्य हुँ’ सञ्चारकर्मीसँग उनले भने, ‘राजदूत र कुनै संस्थाको जिएम बनाउन लागे जस्तो गरिएको छ ।’

२०७१ को मुद्दा चुनावका बेला खोज्नुपर्नेमा अहिले खोजिएको भन्दै उनले शपथ नगराए पनि सर्वोच्चमा जाने कुनै योजन नभएको सुनाए । उनले छलफलमा कानुनका सबै कुरा प्रष्टाएको बताए ।

मेरो सपथप्रति कसैलाई चित्त नबुझे ऊ अदालत जाने हो भन्दै उनले आफ्नो कैद सजाय पनि पुरा भएको बताए । ‘छलफलका क्रममा सबैजना सकरात्मक देखे । लिखित रुपमा मागेको छु’ उनले भने, ‘शपथ नगराए अदालत नभई अख्तियार जानेछु ।’ उनले कर्मचारीको कारण देशको हालत खराब भएको र परिवर्तनको अनुभूति हुन नसकेको बताए । (कान्तिपुर दैनिकबाट )

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: