
आफू निर्दोष रहेको मन्त्री अधिकारीको दावी, समितिद्वारा कारबाहीको सिफारिस
काठमाडौं – पर्यटन तथा नागरिक उड््यन मन्त्री रबिन्द्र अधिकारीले दुईवटा फराकिलो स्वरूपका जहाज खरिदमा अनियमितता हुँदा आफ्नो कुनै संलग्नता नरहेको दावी गर्नुभएको छ ।
अहिलेसम्मका कामको विवरण सुनाउन भन्दै हिजो बिहान पत्रकार सम्मेलन गरिएको भनिए पनि मुख्य उद्देश्य प्रष्टिकरण दिनु थियो ।
मन्त्री अधिकारीले पत्रकार सम्मेलन सकेको झन्डै आधा घण्टापछि सिंहदरवारमै लेखा समितिको बैठक बस्यो र उहाँले दावी गरेजसरी जहाज खरिद प्रकरणमा अनियमितताको आरोपबाट मुक्ति पाउनु भएन ।
जहाज खरिदको निर्णय, प्रकिया र भुक्तानीमा पूर्वमन्त्री जीवनबहादुर शाही, जितेन्द्र देव र बहालवाला मन्त्री अधिकारीको नैतिक संलग्ना देखिएको र कानुनसम्मत अनुसन्धान गर्न सरकार र अख्तियारलाई सिफारिस गर्ने निर्णय भएको लेखा समिति सभापति भरत शाहले जानकारी दिनुभयो ।

लेखा समिति मातहतको उपसमितिले यसअघि पर्यटनमन्त्री अधिकारीलाई प्रमुख दोषी रहेको निष्कर्ष निकाले पनि सच्याएर नैतिक जिम्मेवार भनिएको छ । तत्कालिन सचिव शंकरप्रसाद अधिकारी र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई भने हदैसम्मको कारबाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिइएको छ । पर्यटन सचिव प्रेमकुमार राईले भने सफाइ पाउनुभयो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38