ताजा खबर

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई महिला शक्तिको सात बुँदे ज्ञापनपत्र

   २६ पुष २०७५, बिहीबार ०६:५०      1,843 views

नयाँ शक्ति पार्टीनिकट महिला शक्ति महासंघ नेपाल, गण्डकी प्रदेश समितिले विभिन्न माग राख्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएको छ ।


महिला शक्ति महासंघकी गण्डकी प्रदेश संयोजक मञ्जु थापामगरको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री गुरुङलाई सात बुँदे मागसहितको ज्ञापनपत्र बुधबार बुझाएको हो । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री गुरुङले ज्ञापनपत्रमा उल्लेखित जायज माग पूरा गर्न आफूले सक्दो प्रयास गर्ने आश्वासन दिनुभयो ।


ज्ञापनपत्र बुझाउन गएको टोलीमा महिला शक्तिकी प्रदेश संयोजक थापामगरसहित नयाँ शक्ति पार्टी, गण्डकी प्रदेश प्रशिक्षण विभागकी प्रशिक्षक शान्ता न्यौपाने, सांस्कृतिक संयोजक पार्वती जिसी, युवा शक्तिकी प्रदेश उपाध्यक्ष ज्ञानु आचार्य र महिला शक्तिकी कास्की संयोजक लक्ष्मी खातीको उपस्थिति रहेको थियो ।

ज्ञापनपत्रमा निर्मला पन्तको वास्तविक बलात्कारीलाई यथाशीघ्र पत्ता लगाइ कडा कारबाही गरिनुपर्ने, अंश र वंशमा समान अधिकारको सुनिश्चितता गरिनुपर्ने, चेलीबेटी बेचबिखनको अन्त्य गरिनुपर्ने, समान कामको समान ज्यालाको सुनिश्चितता गरिनुपर्ने, प्रजनन स्वास्थ्यमा अधिकार, निःशुल्क शिक्षा र हिंसामा परी वैदेशिक रोजगारीबाट फर्किएका दिदीबहिनीहरूको उचित व्यवस्थापन हुनुपर्ने माग समेटिएका छन् ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: