ताजा खबर

मिस तामाङको तयारी तिव्र

   २६ पुष २०७५, बिहीबार ०६:५५      2,799 views

मिस तामाङ पोखराको तयारी तिव्र पारिएको छ । बैदाम तामाङ समाज पोखराको आयोजनामा हुने मिस तामाङ पोखरा माघ १२ गते पोखरा सभागृहमा हुँदैछ ।

माघ ५ गते शनिबार ट्यालेण्ट राउण्ड हुने कार्यक्रम संयोजक जयन्ती मोक्तानले बताए । सहभागिहरुलााई हरेक दिन बिभिन्न विषयमा तालिम प्रदान गरिएको छ । तालिमका लागि बिभिन्न क्षेत्रका विज्ञहरुले सहजीकरण गरिरहेको कार्यक्रम संयोजक मोक्तानले जानकारी दिए ।


तालिममा सहभागिहरुको कल्चरल फोटोसेसन गरिएको छ । तामाङ्ग भेषभुषामा उनीहरुको फोटोसेसन गरिएको हो । यसै गरि करियर काउन्सिलङका कक्षाहरु पनि सहभागीहरुलाइृ प्रदान गरिएको छ । कार्यक्रमका मुख्य प्रायोजक एक्सर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका प्रबन्ध निर्देशक रमेश थापाले उच्च शिक्षा अध्ययन र करियरका बारे सहजीकरण गरेका थिए ।

यसैगरि गण्डकी प्रदेशका सांसद एवम महिला सशक्तिकरणका अभियन्ता मिना गुरुङले महिला सशक्तिकरण र आत्मनिर्भरताका विषयमा सहजीकरण गरेका थिए । लोकप्रिय गायक राजु लामाले पनि सहभागीहरुलाई आफ्नो गायन यात्राको अनुभव सुनाउनुका सार्थ सफलताका शुत्रका विषयमा सहजीकरण गरेका थिए ।

समाजका अध्यक्ष ज्याक तामाङले डाइनिङ म्यानरका बारेमा तालिम प्रदान गरेका थिए । सहभागीहरुले तामाङ भाषा, संस्कार, सभ्यता तथा रहनसहनका बारेमा उत्सुकताका साथ जानकारी लिइरहेको समाजका अध्यक्ष ज्याक तामाङले बताए ।


बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेष्टिभल गर्दै आएको छ । ग्राण्ड फिनालेको दिन पहिलो नेपाल आईडल बुद्ध लामाको बिशेष प्रस्तुति रहने छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: