ताजा खबर

ल्होछार कप पोखरा ओपन टेनिस आजदेखि

   २६ पुष २०७५, बिहीबार ०७:३४      2,051 views

लामा ब्रदर्श पोखराको आयोजनामा लेकसाइडमा आजदेखि ‘ल्होछार कप पोखरा ओपन टेनिस प्रतियोगिता’ हुने भएको छ । तामाङ्गहरुको पर्व सोनाम ल्होछार पर्वको अवसरमा बिहिबारदेखि शुरु हुने प्रतियोगिता गुरुङ्ग भिलेज टेनिस कोर्टमा सञ्चालन हुनेछ ।


एक सातासम्म चल्ने प्रतियोगितामा एक विदेशी सहित पोखराका २७ जना खेलाडी उपाधीका लागि भिड्ने छन् । जर्मनका थोमसले पनि प्रतियोगितामा सहभागिता जनाएका हुन् । प्रतियोगितामा विजेता, उप–विजेता तथा उत्कृष्ट खेलाडीलाई नगद सहित पुरस्कृत गरिने बताइएको छ । लामा ब्रदर्शका सदस्यहरु बिरेन्द्र लामा, केबी लामा र लक्ष्मण लामाको सकृयतामा प्रतियोगिता आयोजना भएको हो ।


ल्होछार पर्वका अवसरमा शुभ–कामना साटासाटसंगै टेनिस खेलको विकास र प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक बिरेन्द्र लामाले जानकारी दिए । बैदाम तामाङ्ग समाजका अध्यक्ष ज्याक तामाङ्गले बिहिबार विहान प्रतियोगिताको उद्घाटन गर्नेछन् । यो प्रतियोगिताको दोश्रो संस्करण हो । एक वर्ष रोकिएको प्रतियोगितालाई आगामी वर्षदेखि भने निरन्तरता दिइने जनाइएको छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: