ताजा खबर

पोखरामा ल्होछार कप टेनिस शुरु

   २६ पुष २०७५, बिहीबार १७:२१      2,302 views

लामा ब्रदर्श पोखराको आयोजनामा बिहीबारदेखि लेकसाइडमा ‘ल्होछार कप पोखरा ओपन टेनिस प्रतियोगिता’ शुरु भएको छ ।

बैदाम तामाङ्ग समाजका अध्यक्ष ज्याक तामाङ्गले एक समारोहका विच टुर्नामेण्ट डाइरेक्टर प्रिति बराललाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिता उद्घाटन गर्दै प्रमुख अतिथि तामाङ्गले तामाङ्गहरुको पर्व सोनाम ल्होछार पर्वको अवसरमा आयोजित प्रतियोगिताले खेलको विकाससंगै संस्कृतीको जगेर्णा गर्ने विश्वास व्यक्त गरे ।

विशेष अतिथि कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाले लेकसाइडमा आयोजित प्रतियोगिताले पर्यटन र खेलकुद जोड्न सफल भएको बताउँदै प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

गुरुङ्ग भिलेज टेनिस कोर्टमा आयोजित प्रतियोगिताको पहिलो दिनका खेलहरुमा शम्भु गुरुङ्गले राजु गुरुङ्गलाई ६–३, ६–१ मा, राजन पौडेलले धर्म कोइरालालाई ६–०, ६–१ मा, लक्ष्मण तामाङ्गले बसन्त प्रधानलाई ६–१ र रिटायर्ड हर्टमा, प्रकाश वाग्लेले नारायण पहारीलाई ६–२, ४–६ र सुपरटाईमा १४–१२ ले, लोक गुरुङ्गले बिरेन्द्र लामालाई ७–५, ७–६ र सुपरटाईमा १०–८ ले, समिर शेरचनले मुनेस थापालाई ६–०, ६–१ ले तथा शिव सुवेदीले केवी तामाङ्गलाई ६–१, ६–१ ले पराजित गरे ।

प्रतियोगिता संयोजक बिरेन्द्र लामाको अध्यतामा उद्घाटन समारोह सम्पन्न भएको थियो । एक साता सम्म चल्ने प्रतियोगितामा एक विदेशी सहित पोखराका २७ जना खेलाडीले भाग लिएका छन् ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: