
चेतनशिल आमा समुहको वनभोजमा पोशाक वितरण
पोखरा महानगरपालिका १० अन्नपूर्ण मार्ग “ए” टोल बिकास संस्था अन्तर्गत स्थापित चेतनशिल आमा समुह औधोगिक क्षेत्रको वनभोज तथा समुहको पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य सम्मरबहादुर श्रेष्ठको प्रमुख अतिथ्यितामा सम्पन्न कार्यक्रममा श्रेष्ठले मादल बजाई कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा समुहका ६० जना सदस्यहरुलाई निःशुल्क साडी बितरण गरिएको छ ।

अन्नपूर्ण मार्ग “ए” टोल विकास सस्थाका अध्यक्ष ऋृषि पाण्डे, पुर्व अध्यक्ष युबराज गुरूङ, आमा समुहका सल्लाहकार तारा गुरूङ, दलबहादुर गुरूङ, मोहन गुरूङ, तिल बहादुर थापा र बिन प्रसाद गुरूङ लगायतले टोल विकासमा सबै मिलेर लाग्नुपर्ने बताउनु भयो ।
आमा समूहका उपाध्यक्ष पदमकुमारी गुरूङले स्वागत गरेको उक्त वनभोज तथा पोशाक वितरण कार्यक्रम चेतनशिल आमा समुहकी अध्यक्ष रिमा कुमारी थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव विमला गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38