
फोनिज प्रादेशिक भेला मिछुर्लुङमा सम्पन्न
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) प्रदेश नं. ४ को प्रथम प्रादेशिक भेला तनहुँ जिल्लाको भिमाद नगरपालिका वडा नं.५ मिछुर्लुङ होमस्टेमा सम्पन्न भएको छ। भेलाले फोनिजका प्रदेश इन्चार्ज हुमबहादुर गुरुङको संयोजकत्वमा प्रादेशिक तदर्थ समिती गठन गरेको छ ।
समितिको सदस्यहरुमा कास्की अध्यक्ष एम बी आस्था, तनहुँ अध्यक्ष प्रताप राना, लम्जुङ अध्यक्ष कृष्णबहादुर आले, बाग्लुङ अध्यक्ष संगम घर्ती र नवलपुर अध्यक्ष आशिफ गुरुङ रहनु भएको छ।
नवगठित तदर्थ समितिले बिधानतःआगामी तीन महिनाभित्र प्रदेश अधिबेशन गरी पुर्ण प्रादेशिक समिती गठन गर्ने जिम्मेवारी रहेको फोनिज संघिय सचिव मिलन लिम्बुले बताउनु भयो ।

यसअघि भेलाको प्रमुख अतिथी भिमाद नगरपालिका प्रमुख मेखबहादुर थापा र फोनिज संघिय अध्यक्ष डण्ड गुरुङले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरि भेलाको उद्घाटन गर्नुभएको थियो ।
भेला सफलताको शुभकामाना दिनुहुदै प्रख अतिथी थापाले केन्द्रीकृत व्यवस्था अन्य भइ संघियता आए पनि स्थानिय सरकार एकात्मकताबाट मुक्त हुन नसकेको बताउनु भयो ।
स्थानिय सरकार गठन भएको बर्ष बिते पनि स्वायत्त ऐन कानुन पाएनौ, आवाश्यक कर्मचारी दिएनन, स्रोत भिक्षाको रुपमा केन्द्र संग माग्नु पर्ने अवस्था भएको गुनासो गर्नुभयो। संघियताको उल्टो अभ्यासलाई उहाले व्यंग्य गर्दै भन्नुभयोस हुन त छोराले बाबू जन्माएर यस्तो भएको होला।
भिमाद नगरपालिका प्रमुख थापाले भिमाद नगरपालिकालाई देशकै नमुना नगर बनाउन कृषिमा यान्त्रिकरण गर्दै युवाशक्तीलाइ बिदेशको सपना होइन गाउमै स्वरोजगारी एवम ब्यवसायी बनाउने,आदिवासी जनजाति लगायत सबै समुदायको मौलिकता संरक्षण गर्ने, पर्यटन प्रवर्द्धनमा जोड दिने योजना रहेको बताउनु भयो ।
१२९ बर्ग किमि, ३७ हजार पाँच सय जनसंख्या रहेको भिमाद नगरपालिकामा मगरमात्रै २१ हजार रहेको जानकारी दिनुहुदै बिगतदेखी बिभेदमा पारिएका आदिवासी जनजातिको पहिचान, मौलिक भाषा, कला सस्कृती संरक्षण र बिकाशमा बिशेष जोड दिने बताउनुभयो। युवालाइ परदेशमा गोठालो बन्न जानुपर्ने बाध्यताको अन्त्य गर्छु, आदिवासीलाई सम्वृद्द बनाएर भिमादको सम्बृद्दी ल्याउन पत्रकारको साथ सहयोगको अपेक्षा गर्नुभयो ।

फोनिजको संघिय अध्यक्ष डण्ड गुरुङले भेला सफलताको शुभकामना व्यक्त गर्नुहुदै बिगतदेखी बिभेदमा पारिदै आएका एकतिहाइ नेपालका जनजातिलाइ मुलप्रवाह नल्याई मुलुक सम्वृद्द हुन नसक्ने बताउनु भयो ।
आदिवासीका पहिचान स्थापित गर्न, मौलिकता संरक्षण र सशक्तीकरणका लागि स्थानिय सरकारले बिशेष पहल गर्नु पर्छ, उहाको भनाइ थियो। सकरात्मक कार्यमा तिनै तहका सरकारलाइ नेपालभरका जनजाति पत्रकारहरु सघाउन तयार रहेको बताउनु हुँदै अध्यक्ष गुरुङले भिमाद मिछुर्लुङको प्रवर्द्धनका लागि मिछुर्लुङ होमस्टेमा नै प्रादेशिक भेला, अन्तर्कृया र संघिय समितिको बैठक राखिएको बताउनु भयो ।
फोनिज प्रदेश नं. ४ इन्चार्ज हुमबहादुर गुरुङको अध्यक्षतामा भएको भेलामा फोनिजको संघिय समितिका वरिष्ठ उपाध्यक्ष गजुरधन राइले शुभकामनासहित अन्तरक्रिया कार्यक्रमको उदेश्यबारे जानकारी दिनुभएको थियो भने उपाध्यक्ष देविका घर्तीमगर, नेपाल पत्रकार महासंघ गण्डकीका सचिव रुद्र श्रीस, फोनिज युकेका प्रतिनिधि वरिष्ठ फोटोपत्रकार मिलन गुरुङले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य कास्की अध्यक्ष एम बी आस्था र संचालन तनहु अध्यक्ष प्रताप रानाले गर्नु भएको थियो । भेला २०१५ सालमा पश्चिम क्षेत्रबाट सांसद निर्वा्चित पदमबहादुर आलेको जिर्ण घरको आगनीमा सम्पन्न भएको थियो ।
प्रादेशिक भेला तथा तेस्रो पुर्ण बैठकका लागि मिछुर्लुङ पुगेका देशैभरका आदिवासी जनजाति पत्रकारलाइ मुछुर्लुङ सामुदायिक होम स्टे समितिले गाउँ प्रवेससगै सास्कृतिक स्वागत गरिएको थियो भने बेलुकाको कौडा संस्कृतिमा सबै पत्रकार रमेका थिए।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38