ताजा खबर

सिक्लेसमा आजदेखि सिक्लेस युवा क्लवको २४औं वार्षिक उत्सव तथा माघे सक्रान्ति मेला शुरु

   १ माघ २०७५, मंगलवार १९:०७      2,777 views

रोशानी गुरुङ / सिक्लेस १ माघ
कास्कीको मादी गाउँपालिका १ सिक्लेसमा सिक्लेस युवा क्लवको २४औं वार्षिक उसत्सव तथा माघे सक्रान्ति मेला २०७५ आजबाट शुरु भएको छ ।


मेलाको आज एक कार्यक्रमका बीच सिक्लेसका स्थानिय बासिन्द एवं युवा समाजसेवी तथा हाल तमु धि युकेका नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङले एक समारोहका बीच उद्घाटन गर्नुभयो । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै तमु धि युकेका निर्वतमान अध्यक्ष ज्ञाम गुरुङले अबको देश विकासमा युवाहरु एकजुट भएर अघिबढनुपर्ने बताउनुभयो ।

अहिले नेपालमा विकास गर्न चहानेहरुका लागि धेरै अवसर भएको भन्दै युवाहरुले गाउँ विकास र देश विकासमा पहल लिनुपर्ने बताउनुभयो । कार्यक्रममा मादी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष सुरजकुमार गुरुङले गाउँघरमा वर्षेनी हुने यस्ता खाले मेला महोत्सवले पर्यटन प्रबद्र्धनमा ठुलो टेवा पुग्ने बताउनु भयो ।


आजदेखि माघ ४ गतेसम्म चल्ने मेलामा ठेलो प्रतियोगिता गाउँ स्तरिय सामुहिक नृत्य प्रतियोगिता तथा भलिबल बास्केटबल लगायतको कार्यक्रमहरु समावेश गरिएको छ ।
सिक्लेस युवा क्लवका अध्यक्ष तिलमान गुरुङको अध्यक्षतामा सम्पन्न भएको उदघाटन कार्यक्रम क्लबका सचिव मिलन गुरुङले संचालन गर्नुभएको थियो ।

मेला अन्तरगत भोलि माघ दुई गतेबाट भलिबल बास्केटबल लगायत विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु संचालन हुने आयोजकले जनाएको छ ।


यसैबीच सिक्लेसमा आजदेखि ठेलो प्रतियोगिता शुरु भएको छ । सिक्लेस सभाथरका स्थानियबासीद्धारा प्रतियोगितात्मक रुपमा संचालन भएको खेलमा आज सबै गाउँले र मेलामा सहभागी पाहुनाले ठेलो हानेका छन भने भोलि प्रतियोगिहरुको बीचमा प्रतिश्पद्र्या हुने ठेलो कार्यक्रमका संचालन कर्ता क्या.लोक कृष्ण गुरुङले जानकारी दिनुभयो ।

ठेलो प्रतियोगिताको आज एक कार्यक्रमका बीच सभाथरका बयोवृद्ध रनबहादुर गुरुङले ठेलो हानेर उदघाटन गर्नुभयो । करिब पाँच केजी तौल भएको ठेलो प्रतियोगितामा प्रथम हुनेले ४० हजार र द्धितिय हुनेले ३५ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: