ताजा खबर

१२ औं हिसान स्पोर्ट्स मिट जारी भलिबल तर्फ क्वाटर फाइनलको समिकरण पुरा

   ६ माघ २०७५, आईतवार ०९:०८      1,997 views

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको “१२ औं हिसान कास्की स्पोर्ट्स मिट–२०७५” अन्र्तगत छात्रा–छात्र भलिबल, छात्रा–छात्र बास्केटबल र छात्रा–छात्र टेबुल टेनसका खेलहरु पोखरा रंगशालामा जारी रहेका छन ।


शनिबार सम्पन्न छात्र भलिबलतर्फ स्पाइरल ग्यालेक्सी, मेरिगोल्ड माबी, पोखरा मल्टिमोडल, र पोखरा माबीले आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेका छन ।
खेलमा स्पाइरलले न्यू ग्यालेक्सीलाई २५–१८ र २५–२० को अंकले, मेरिगोल्डले मदरल्याण्डलाई २५–१७ र २५–२० ले पोखरा मल्टी मोडलले प्रतिभा माबीलाई २५–१५ र २५ –१७ ले र पोखरा माबीले केफलाई २५–२७, २५–१६ र २५–२३ ले पराजित गरेको छ ।


यसै गरि छात्र बास्केटबलमा पोखरा उच्च माबीले कास्की मोर्डनाइज्डलाई ४८–२० ले, प्रतिभाले ग्लोबललाई ३७–२३ ले पराजित गरेको छ । यसै गरि छात्रा तर्फको क्वाटर फाइनलमा माउन्ट अन्नपूर्णले प्रतिभालाई २५–११ ले, लिटिल स्टेपले गुरुकुललाई पराजित गरेका छन । शनिवारनै सम्पन्न पहिलो सेमिफाइनलमा माउन्ट अन्नपूर्णले लिटिल स्टेपलाई २५–९ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।


यसै गरि टेबुल टेनिस तर्फ छात्रा सिंगलसमा पोखरा उच्च माबीकी सबिता गौतमले प्रथम स्थान हासिल गरिन । त्यसै गरि दोश्रो र तेश्रो स्थानमा क्रमश सगरमाथाकी अपेक्षा थापा, सृजनाकी कल्पना थापा र प्रतिभा माबीकी रोशनी कुंवर भएका छन ।


छात्र सिगल्समा वेलनन माबीका नविन गुरुङ प्रथम, सगरमाथाका प्रज्वल केसि द्वितिय, स्टेप बाई स्टेपका एलिश ढकाल र सोही विद्यालयका प्रताप खड्कालो तृतिय स्थान हासिल गरेका छन ।
छात्रा टेबुल टेनिस डबल्समा पोखरा उच्च माबीका सरिता गौतम र सदिक्षा राणाको जोडी प्रथम, प्रतिभाका रोशनी कुवर र सविना क्षेत्रीको जोडी द्वितिय र सृजना माबीका कल्पना थापा र नम्रताको जोडी चालिसे तथा स्टेप वाई स्टेपका जिना परियार र शिम्रन बिकको जोडीले तेश्रो स्थान हात पारे ।
यसै गरि छात्र डवल्समा वेलननका नविन गुरुङ र राहुल सुनारको जोडी प्रथम भएको छ ।

खेलमा पश्चिमाञ्चलका धन थापा र कबिर श्रेष्ठको जोडी द्वितिय र पोखरा यूनाइटेडका विमल मरहट्टा र कबिर मरहट्टा तथा ग्लोवल कलेजियटका अमृत पून र शुसान पूनको जोडीले तृतिय स्थान हात पारे ।


कास्कीमा उच्च शिक्षा अध्यापन हुने ६२ विद्यालय र कलेजहरु आवद्ध रहेका मध्ये ५० भन्दा वढी विद्यालय तथा कलेजहरु ८ हजार विद्यार्थीहरुले स्पोर्टस मिटमा सहभागिता जनाएको हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्माले बताए । प्रतियोगिता माघ ६ गते आइतबार सम्पन्न हुने सचिब दिवाकर जैशीले जानकारी दिएका छन ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: