ताजा खबर

स्वतन्त्र पत्रकार संघ रुपन्देही शाखाको अध्यक्षमा पहाडी

   ६ माघ २०७५, आईतवार १९:०९      1,826 views

स्वतन्त्र पत्रकार संघ रुपन्देही शाखाको अध्यक्षमा अनिल पहाडी चयन भएकाछन् । रुपन्देही शाखाको वुटवलमा शनिबार सम्पन्न भएको तेश्रो अधिवेसनले पहाडीको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।


त्यसै गरी उपाध्यक्षमा चक्रपाणी डुम्रे, सचिवमा बिष्णु कुंवर, सहसचिव छविन्द्र भण्डारी, कोषाध्यक्षमा प्रेम बुढाथोकी, सहकोषाध्यक्षमा अम्विका थारु र सदस्यहरुमा मोहन के.सी., विनोद विष्ट, विमल भट्टराई, मनिसा अधिकारी, सुमि पन्त, ईन्दिरा हमाल, विजय लक्ष्मि खनाल, सरु वाग्ले र मिलन पंगेनी चयन भएका हुन ।


त्यस्तै राष्ट्रिय पार्षदमा राजेन्द्रजंग रायमाझि, उल्टो साईल यात्री विरेन्द्र पाण्डे, बाबुराम गैरे, दिनेश कुमार श्रेष्ठ, असोक गौतम क्षितिज र सिता दर्नाल चयन भएका हुन्। प्रदेश पार्षदमा सुदिप ढकाल, गोविन्द रसाईलि, ईश्वर पौडेल, प्रिया अधिकारी, रमेश शिलुवाल, दिवस विष्ट र सन्तोस पुन चयन भएका छन।

संघका राष्ट्रिय महासचिव नवराज पहारीको संयोजकत्वमा निर्वाचन कमिटि गठन भएको थियो । उक्त समितिको सदस्यमा गण्डकी प्रदेश संयोजक दीननाथ बराल र अर्घखाँची शाखाका राष्ट्रिय पार्षद डि.आर.सुमन रहेकाथिए ।


यस अघि, उक्त अधिवेसनको उद्घाटन गर्दै प्रदेश नँम्बर ५ का सांसद कमलादेवि विश्वकर्माले सत्य, तथ्य र खोजमुलक पत्रकारिता आज आवश्यकता भएको बताईन्। पत्रकारले स्वतन्त्र ढंगबाट सरकारलाई समेत मार्ग दर्शक हुने गरी कलम चलाउन आग्रह गरिन् ।


संघका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले संघको हालसम्म १६ जिल्लामा शाखा विस्तार भएको बताउदै आगामी वैशाख १६ गते राष्ट्रिय महाधिवेसन गर्ने तयारी सुरु गरेको जनाए । उनले जनताको स्वतन्त्रताको रक्षा गर्ने पत्रकार निष्पक्ष हुनु पर्नेमा जोड दिए । रुपन्देहीका अग्रज पत्रकार बाबुराम अधिकारीले लहर लहरमा कसैले पत्रकारिता गर्न नहुने त्यसलाई राम्रोसंग बुझेर गर्न आग्रह गरे ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: