ताजा खबर

मावि स्तरिय भलिवल प्रतियोगितामा ३४ टिम भिड्ने

   ६ माघ २०७५, आईतवार १९:११      2,036 views

पोखरामा हुने सामुदायिक मावि स्तरिय भलिवल प्रतियोगितामा कुल ३४ टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र, सिमलचौर पोखराको संयुक्त आयोजनामा हुने कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय ‘प्रथम सृजना कप छात्र÷छात्रा भलिवल प्रतियोगिता’मा छात्रतर्फ २४ र छात्रातर्फ ९ टिमले प्रतिष्पर्धाका लागि नाम दर्ता गरेको आयोजक कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

दश जोड दुई सम्मका विद्यार्थीले खेल्न पाउने प्रतियोगिताको अन्तिम दर्ता मिति आइतबार अपराह्न ५ बजेसम्म तोकिएको थियो । प्रतियोगिताको टाइसिट सोमबार निकालिने संघका अध्यक्ष भीम पराजुलीले बताए ।

माघ ९ गतेदेखी माघ १२ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको छ । यसअघी माघ ८ गतेदेखी नै शुरु हुने भनिएपनि प्राविधिक कारणवश माघ ९ गतेदेखी मात्रै प्रतियोगिता शुरु गरिने अध्यक्ष पराजुलीले जानकारी दिए ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजित प्रतियोगिता पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा खेलाइने कास्की जिल्ला भलिवल संघले जनाएको छ । प्रतियोगिताले भलिवल खेलको जग बलियो बनाउने अपेक्षा गरिएको सृजना विकास केन्द्रका प्रथम उपाध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

प्रतियोगिताको उपाधि बिजेतालाई ५० हजार, उपबिजेतालाई ३० हजार र तृतीय हुने विद्यालयलाई १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: