ताजा खबर

पोखरा महोत्सवबाट लमजुङ पुरानोकोट र काहुँ डाडाको होम स्टेमा आउन निम्तो

   ६ माघ २०७५, आईतवार १९:२०      2,600 views

पोखराको अमरसिंह चौरमा जारी नवौ संस्करणको पोखरा महोत्सवबाट गाउँ पर्यटन प्रवद्र्धनलाई जोड दिइएको छ । महोत्सवकै माध्यामबाट गाउँमा लुकेर रहेको संस्कृतीलाई पहिचान गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजक युनाइटेड क्लवले यो पटकदेखी गाउँ पर्यटन प्रवद्र्धनलाई जोड दिएको क्लवका अध्यक्ष तथा महोत्सव मुल समारोह समितीका संयोजक लालकाजी गुरुङले जानकारी दिए ।

महोत्सवमा पोखरा नजिकै रहेर पनि पर्यटन गतिविधी हुन नसकेको कांहुँ धरहरा प्रिमियम होम स्टे र पुरानोकोट सामुदायिक होमस्टे लम्जुङको स्टल राखेर गाउँ पर्यटन प्रवद्र्धनलाई जोड दिइएको संयोजक गुरुङले वताए । च्वाइस नेपालको सहयोगमा २०६८ देखी लम्जुङको एतिहासिक गाउ पुरानोकोटमा होमस्टे शुरु गरिएको र हाल १२ घरमा होमस्टे सञ्चालन भइरहेको होमस्टेका सञ्चालक कन्याकाशी गुरुङले वताइन ।


लमजुङको बेशीशहरबाट काउलेपानी हुदै पुरानोकोट पुग्न १७ किलोमिटर यात्रा तय गर्नुपर्ने र पुरानोकोट गाउबाट माछापुच्छ«े, अन्नपूर्ण, लम्जुङ हिमाल, पिक २९, गंगापूर्ण, मनाश्लुदेखि, बुद्ध सम्म डेढ दर्जन भन्दा वढी हिमश्रृङखलालाई नजिकबाट नियाल्न सकिने र गुरुङ जातिको सोरठी नाच, स्यार्गा, चुट्का, घाटु र भेडी गोठाला नाटक देखाइ पर्यटकलाई मनोरन्जन प्रदान गरिने समेत गुरुङले वताइन ।

त्यसैगरी पोखरा नजिकै रहेको काहु धरहरा प्रिमियम होम स्टेमा पनि नौ वटा घरहरुमा होम स्टे सञ्चालन भइरहेको होमस्टे सञ्चालकले वताएका छन । महोत्सवमा राखिएको दुइवटै होम स्टेको स्टलमा दर्शकको घुइचो लाग्ने गरेको महोत्सव सचिवालय संयोजक लोक बहादुर थापाले वताए । महोत्सवमा अन्य स्टल संगै यो पटक गाउमा लुकेर रहेको पर्यटनलाई प्रवद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यले होम स्टेलाई स्थान दिएको थापाको भनाइ छ ।


महोत्सवमा होम स्टे सँगै चिडियाखानाको स्याण्ड मोडल र सर्प संरक्षणमा समेत दर्शकहरुले चासो दिएका छनभने महोत्सव स्थलबाट चिडियाखाना निर्माण स्थल पचभैया जाने दर्शकको समेत भीड लागेको महोत्सव अर्थ तथा स्टल ब्यवस्थापन उपसमिती संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।

महोत्सवमा आइतबार सवैको मुखमा झुण्डिन सफल सालको पात टपरी हुने गीत मार्फत चर्चित लोकदोहोरी गायक कुलेन्द्र बिकको प्रस्तुतीमा दर्शकहरुले नाचेर भरपुर मनोरन्जन लिएका थिए ।


महोत्सवमा सोमबार दोहोरी तर्फ प्रीती आले, प्रकाश सपुत, प्रजापति पराजुली, चन्द्र शर्मा, जीवन दाहाल, तारापति सुवेदी, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, राजेन्द्र सापकोटा, रमा राना, कमला गैरे लगायतको प्रस्तुती रहनेछभने दोहोरी प्रतियोगिता तर्फ गण्डकी प्रदेश र दोहोरी प्रतिष्ठान बीच उपाधीका लागी भीड्नेछन ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: