
१२ औं हिसान स्पोर्ट्स मिटको उपाधी न्यू ग्यालेक्सीले उचाल्यो
उच्च माबीहरुको छाता संस्था हिसान कास्की द्वारा आयोजित १२ औं हिसान स्पोर्ट्स मिटको उपाधी न्यू ग्यालेक्सी माबीले उचालेको छ । उपाधी उचाले संगै न्यू ग्यालेक्सीले उपाधीको रक्षा गरेको छ ।
न्यू ग्यालेक्सीले छात्र–छात्रा बास्केटबल प्रथम र छात्रा भलिबलमा दोश्रो हुँदै कुल १९ अंक बटुलेर उपाधी हासिल गरेको हो ।
यसै गरि सम्पन्न छात्रा बास्केटबलमा माउन्ट अन्नपूर्ण माबी दोश्रो र सगरमाथा माबीले तेश्रो स्थान हात पारेका छन । यसै गरि छात्र बास्केटबलमा पोखरा सेकेण्डरी स्कूल दोश्रो र माउन्ट अन्नपूर्ण माबी तेश्रो भए ।
छात्रा भलिबलमा कास्की मोर्डनाइज्ड माबीले दोश्रो र करुणानिधी एजुकेशन फाउण्डेशनmे तेश्रो स्थान प्राप्त गरे । छात्र भलिवलमा स्पाइरल ग्यालेक्सीले र मेरी गोल्ड माबीलाई फाइनलमा पराजित गर्दै प्रथम भएको छ भने संघर्षपूर्ण खेलमा मेरी गोल्डले दोश्रो स्थान हात पारेको छ ।
यता टेबुल टेनिस तर्फ समान ६ अंकका साथ पोखरा सेकेण्डरी स्कुल र वेलनन एकेडेमी प्रथम भएका छन । यसै गरि सगरमाथा माबीले दोश्रो र समान ३ अंकका साथ प्रतिभा माबी र स्टेप बाइ स्टेपले तेश्रो स्थान हात पारे ।

यहि माघ ३ गते बा संचालन भएको १२ औं स्पोर्ट्स मिटमा छात्र बास्केटबलमा न्यू ग्यालेक्सीका सागर बिक उत्कृष्ट खेलाडी घोषित भए भने पोखरा सेकेण्डरीका गोपाल पूनले सर्वाधिक स्कोरर घोषित भए । छात्रा बास्केटबलमा माउन्ट अन्नपूर्णकी कबिता पुन उत्कृष्ट खेलाडी घोषित भइन भने न्यू ग्यालेक्सीकी सिमा पुन सर्वाधिक स्कोरर घोषित भइन ।
यसै गरि छात्र भलिबलमा स्पाइरल ग्यालेक्सीका बिनोद किशान उत्कृष्ट खेलाडी तथा उत्कृष्ट स्पाइकर मेरिगोल्डका सुमन गुरुङ घोषित भए । छात्रा भलिबलमा केफकी कल्पना छन्त्याल उत्कृष्ट खेलाडी तथा न्यू ग्यालेक्सीकी अनिता पून उत्कृष्ट स्पाइकर भइन ।
विजेता स्कूल तथा विद्याथीहरुलाई गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नर देवी पून, नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ, केन्द्रिय सल्लाहकार सूर्य जिशी, जिल्ला हिसान सल्लहाकार रमाकान्त बराल, यूनिप्सका अध्यक्ष शान्ता बहादुर गुरुङ, हिसान उपाध्यक्ष याम रोक्का, केन्द्रिय उपाध्यक्ष शेर वहादुर गुरुङ, हिसान कास्कीका सचिब दिवाकर जैशी लगाएतले पुरुस्कार वितरण गरेका थिए ।
सो अवसरमा मन्त्रि पूनले हिसानको यो कार्यक्रमले खेलकुद बिकासमा अहम भूमिका खेलेको भन्दै प्रशंसा गरिन । उनले खेलको माध्यम बाट समेत पहिलो प्रदेश बनाउन सरकार प्रतिवद्ध रहेको समेत बताइन । हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा हिसानका सल्लाहाकार एवम १२ औं हिसान स्पोर्ट्स मिटका संयोजक बाबुराम पन्तले प्रतियोगिता आयोजना गर्न सहायोग गर्ने सबैप्रति आभार प्रकट गरेका थिए ।
हाल कास्कीमा उच्च शिक्षा अध्यापन हुने ६२ विद्यालय र कलेजहरु मध्ये ५० भन्दा वढी विद्यालय तथा कलेजहरुमा अध्ययनरत ८ हजार विद्यार्थीहरुले स्पोर्टस मिटमा सहभागिता जनाएका थिए ।
प्रतियोगितामा भलिबल छात्र तर्फ ३१ र छात्रा तर्फ १४ टिम र बास्केटबल तर्फ ३० छात्र तर्फ टिम र छात्रा तर्फ १३ टिमले प्रतिष्पर्धा गरेका थिए । यता विश्वविद्यालय समुह कलेज तर्फ बास्केटबल छात्र–छात्रा तर्फ समान ४–४ टिम समेत प्रतियोगितामा सहभागिता रहेको थियो ।
आजको खबर
Follow Us

पोखरामा सिट्रोन कारको अत्याधुनिक शोरुम सञ्चालनमा
११ आश्विन २०८०, बिहीबार १३:५५
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38