ताजा खबर

देशका विभिन्न ठाउँमा वर्षा र हिमपात, आज दिनभर पानी पर्ने सम्भावना

   ९ माघ २०७५, बुधबार ०८:०४      797 views

काठमाण्डौ उपत्यकासहित देशमा धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले पूर्वका थारै र मध्य तथा पश्चिममा धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार यो प्रणाली अहिले पूर्वतिर सरिरहेकाले बुधबार काठमाण्डौसहित पूर्वका धेरै ठाउँमा दिनभरी नै पानी पर्नेछ । पश्चिममा पनि मौसम खुल्ने संभावना छैन । बुधबार रातिदेखि यो प्रणाली कमजोर भएपछि बिहीबार देशभरी कै मौसम सुधार हुनेछ ।


मौसमविद् श्रेष्ठका अनुसार शुक्रबारदेखि फेरि अर्को प्रणाली आउन लागेकाले देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने उहाँको अनुमान छ । बुधबार दिउँसो पानी पर्ने भएकाले देशभरीकै अधिकतम तापक्रम घटेर चिसो हुने मौसमविद् समिर श्रेष्ठको भनाइ छ । पानीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पनि परेकाले पानी पर्न रोकिएपछि देशभर चिसो बढ्नेछ ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
%d bloggers like this: