
सेन्ट जेभियर्स कलेज काठमाण्डौका विद्यार्थीद्धारा पोखराको सुकुम्बासी बस्तीमा न्यानो कपडा वितरण
सेन्ज जेभियर्स कलेज काठमाण्डौका विद्यार्थीहरुले पोखराको याम्दी किनारमा रहेको सुकुम्बासी बस्तीका बासिन्दा सहित सडक वालवालिकालाई न्यानो कपडा वितरण गरेका छन ।

सेन्ट जेभियर्स कलेज माइतीघर काठमाडौका सामाजिक कार्य विभाग अन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले पोखराको याम्दीमा रहेको सुकुमबासी बस्तीका ३५ घर परिवार र पोखराका सडकमा आश्रित १५ जना सडक बालवालिकालाई ज्योकेट वितरण गरेको हो ।
जाडो वढ्दै जांदा कलेजमा अध्ययनरत विद्यार्थीहरुले न्यानो कपडाको अभावमा जाडोमा कठ्याग्रीएर हिड्न बाध्य भएकाहरुलाई लक्षित गर्दै सुकुम्बासी बस्ती, सडक वालवालिका , चेपाङ बस्ती हरुमा न्यानो कपडा वितरण गर्दै आइरहेको न्यानो कपडा वितरण अभियानका संयोजक अंकीत पोख्रेलले वताए ।

न्यानो कपडा वितरण अभियान अन्तर्गत सेन्ट जेभियरका विद्यार्थीहरुले गत पुसको तेश्रो साता चितवनको चेपाङ बस्तीका पचार घरपरिवारमा ब्लाङकेट, ज्याकेट र अन्य न्यानो कपडाहरु वितरण गरिसकेको कलेजका शिक्षक साजल पौडेलले वताए ।
शिक्षक पौडेलका अनुसार विद्यार्थीहरुले विगत चार वर्षदेखी विभिन्न कार्यक्रमहरुको आयोजना गरी अर्थ संकलन गरी जाडो महिनामा न्यानो कपडा वितरण गर्दै आइरहेका छन र यो पटक पनि उनीहरुले काठमाण्डौ, चितवन र पोखरामा जाडो मौसममा न्यानो कपडा वितरण गरेका हुन ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38