
मादी ७ मा महिलाहरुलाई झोला बुन्न तालिम सम्पन्न
तस्विर सौजन्य लालबहादुर गुरुङ वडा अध्यक्ष मादी ७
कास्कीको मादीगाउँपालिका वडा नं. ७ मा रहेको महिला समन्वय समितिको आयोजनामा सन्चालित झोला बुन्ने तालिम सम्पन्न भएको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथी मादी गाउँपालिकाका उपाध्यक्ष बिष्णुमाया आचार्य पौडेलले महिलाहरु चुलो चौकोमा मात्र सिमित नभई बिकास निर्माण र राजनितिमा पनि अघी वड्नु पर्ने वताउदै यस्ता सीप युक्त तालिमले महिलाहरु आत्मनिर्भर हुने बताउनु भयो ।

यस्तै कार्यक्रमका विशेष अतिथि मादी गाउँपालिका ७ का वडा अध्यक्ष लालबहादुर गुरुङले तालिमलाई आय आर्जनसँग जोड्न सके महिलाहरु उद्यमशील बन्न सहज बन्न बताउनुभयो ।
कार्यक्रममा वडा सचिव सनम क्षेत्री, वडा सदस्यहरु नारायण सापकोटा, बेलसुबा वि.क, वीरबहादुर परियार, दलित समन्य समितीका अध्यक्ष बेलबहादुर वि.क., पशु प्राबिधिक रबि बराल लगायतको उपस्थीति थियो ।

तालिमा सहभागी ४० जना महिलाहरुलाई प्रमाण पत्र बितरण गरिनुका साथै तालिमा उत्कृष्ट प्रशिक्षार्थी बन्न सफल मिरु परियार, दोश्रो लिलाकुमारी तमाङ र तेश्रो ज्योति परियारलाई पुरस्कार वितरण गरिएको थियो ।
गत माघ ३ गतेबाट सन्चालित तालिमामा प्रशिक्षक माया पुनले सहभागिहरुलाई तालिम प्रदान गर्नुभएको थियो ।

सहभागीको तर्फबाट लिला तामाङ र लक्ष्मी गुरुङले मन्तव्य राख्दै तालिमबाट सिकेको सीप व्यबहारमा ल्याउने प्रतिबद्दता जनाएका थिए । वडा कार्यलयको आर्थिक सहयोगमा महिला समन्वय समितिले यसअघि धुप बनाउने तालिम, वुटिक तालिम आयोजना गरिसकेको छ ।
समन्वय समितीका अध्यक्ष उषा थापामगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको स्वागत मन्तब्य समितीका सदस्य ओमसुवा गुरुङले राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन समितिका सचिव मिरु परियारले गर्नुभएको थियो ।
आजको खबर
Follow Us

पोखरामा सिट्रोन कारको अत्याधुनिक शोरुम सञ्चालनमा
११ आश्विन २०८०, बिहीबार १३:५५
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38