ताजा खबर

युएईविरूद्ध नेपालको खराब ब्याटिङ, एक सय १३ रनमा अलआउट

   ११ माघ २०७५, शुक्रबार १४:२७      913 views

दुबईमा जारी युएई विरुद्धको एक दिवसिय खेलमा नेपालले एक सय १५ रनको चुनौती दिएको छ । खराब ब्याटिङ गरेको नेपालले ३३.५ ओभरको खेलमा पुरा विकेट गुमाई एक सय १३ रन जोडेको हो ।

 नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रनको योगदान गरे । सोमपाल इमराज हैदरको बलमा लेग बिफोर आउट भए । यस्तै आरिफ शेखले २५ रन जोडे । नवाैं नम्बरमा ब्याटिङमा उत्रिएका सन्दीप लामिछानेले १५ रनकाे याेगदान गरे । उनले २७ बलकाे सामना गरे । 

नेपालका ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल शून्यमा आउट भए भने बिनोद भण्डारीले ५ रन जोडे । उनीहरू दुवै महोमम्मद नाभिदको बलमा गुलाम शाब्बेरद्वारा क्याच आउट भएका हुन् । यस्तै कप्तान पारस खड्का २० रन र दीपेन्द्रसिंह  ऐरी शून्य रनमा रनआउट भए ।

उत्कृष्ट बलिङ गर्ने क्रममा युएईका लागि महोम्मद नाभिद र आमिर हायातले समान ३ विकेट लिए । यस्तै इमरान हैदरले २ विकेट लिँदा क्वादेर एहमदले १ विकेट लिए । 
दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा हुँदै गरेको खेलमा युएईले टस जित्दै फिल्डिङ रोजेको हो । 


१० महिनाअघि जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा सातौँ स्थानमा रहँदै नेपालले ४ वर्षका लागि एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो । त्यसपछि नेदरल्यान्डसँग नेपालले पहिलो एकदिवसीय सिरिज खेल्यो । जसमा नेपाल नेदरल्यान्डलाई १–१ को बराबरीमा रोक्न सफल भयो । पहिलो खेलमा नेदरल्यान्ड र दोस्रोमा नेपाल विजयी भएको थियो । नेपालले एकदिवसीयसँगै युएईविरुद्ध टी–२० सिरिज खेल्नेछ ।


0 0 vote
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: