ताजा खबर

उच्च पडाडी भेगमा भारी हिमपात : कतै खुशीयाली, कतै कष्ट

   १२ माघ २०७५, शनिबार १३:०५      2,386 views

वर्षासँगै देशका केही उच्च पहाडी भेगमा हिमपात भएको छ । हिमपात भएपछि किसान खुशी भएका छन् । हिउँ खेल्न जानेहरुलाई पनि रमाइलो भएको छ । तर हिमपातसँगै चिसो बढ्दा र केही ठाउँमा सडक अवरुद्ध हुँदा कष्ट र हैरानी पनि उत्तिकै छ ।

पर्वतका उच्च पहाडी भूभागमा बाक्लो हिमपात परेकाले जनजीवन प्रभावित छ। 
शुक्रबार साँझदेखि जिल्लाको जलजला गाउँपालिकाको लेखफाँट, शालिजा, बाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकमा तीन फिट बाक्लो हिउँ परेको छ । धेरै वर्षपछि बाक्लो हिमपात भएको स्थानीयवासीले जनाएका छन् । 

वर्षासँगै हिमपात भएकाले जनजीवनका साथै गाईवस्तुलाई समेत समस्या भएको छ । हिमपातले गहुँ, आलुलगायत विभिन्न जातका फलफूललाई समेत क्षति पु¥याएको स्थानीय किसानले बताएका छन् । गत असोजदेखिको खडेरी परेको यस क्षेत्रमा गत सोमबार र मङ्गलबार वर्षा र शुक्रबार साँझदेखि हिमपात भएपछि उपल्लो बस्तीका हिउँदेबाली र फलफूल खेतीमा सकारात्मक प्रभाव परेको छ । यद्यपि चिसोले जनजीवन भने प्रभावित भएको छ । 

समुद्र सतहदेखि दुई हजार मिटरभन्दा माथिल्ला भूभागका बस्तीमा हिमपात भएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो । जलजला गाउँपालिकाको लेकफाँट, मोहोरेडाँडा र बनौलगायत लेकमा भारी हिमपात भएको जलजला–९ का वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिनुभयो । 

मोदी गाउँपालिका–४ क्याङको उपल्लो खर्क र सहश्रधारालगायतमा पनि करीब तीन फिटसम्म हिमपात भएको क्याङका नरसिंह पुनले जानकारी दिनुभयो । फलेवास नगरपालिका–१ र २ मा पर्ने डहरेको लेक, महाशिलाको फलामखानी, देउरालीलगायतका लेकमा पनि हिमपात भएको लुङ्खुदेउरालीका एकबहादुर हमालले जानकारी दिनुभयो । धेरै वर्षपछि बाक्लो हिउँ परेपछि स्थानीयवासी घर बाहिरै निस्कन नसकेको उहाँले बताउनुभयो । 

उपल्लो बस्तीमा हिमपात भइरहँदा तल्लो बस्तीमा भने चिसो बढेको छ । वर्षासँगै शीतलहर र तुवाँलोका कारण कुश्मा, ज्ञाँदी, फलेवास, बिहादी, रानीपानीलगायतका बस्तीमा बिहान शीत जमेर बाहिर निस्किनै नसक्ने अवस्था भएको स्थानीयवासीले बताएका छन् । 

पाँच महिनायता पहिलोपटक वर्षा भएपछि आकाशे पानीको भरमा खेती गर्दै आएका किसान भने खुशी भएका छन् । सुख्खा टारमा लगाइएको आलु, गहुँ, जौ, तोरीलगायतका बालीमा वर्षाले ठूलो राहत महसुस भएको किसानको दाबी छ । 

हिमपातका कारण मार्तडी–कोल्टी सम्पर्क टुट्यो

 निरन्तरको वर्षा र हिमपातका कारण बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको जनजीवन कष्टकर बनेको छ । विगत केहि दिनदेखि भइरहेको मौसम बदलीसँगै निरन्तरको वर्षा र हिमपातका कारण उच्च पहाडी र हिमाली क्षेत्रमा जनजीवन कष्टकर बनेको हो ।

हिमपातकै कारण बाजुराको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ । बडिमालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखेलेकमा बाक्लो हिउँ परेपछि सम्बन्ध टुटेको हो । मार्तडी–कोल्टी सडक पूर्णरूपमा बन्द भएको छ भने आवतजावत पनि रोकिएको छ । 

पाँच वर्षपछि हिमपात, कृषक खुशी

बागलुङको काठेखोला गाउँपालिका–४ बिहुँ दहपानी र आसपासमा पाँच वर्षपछि आज हिमपात भएको छ । 

शुक्रबार दिउँसैदेखि लगातार पानी परेर चिसो बढेसँगै रातको समयमा हिउँ परेको हो । हिउँका कारण बिहुँ र आसपासका ठानडाँडा, शिवालय, घोडा बाँधे, कर्लेम, लेखानीलगायतका गाउँ सेताम्ये देखिएका छन् । 

विगत पाँच वर्षअघि यस क्षेत्रमा हिउँ परेको जानकारी दिँदै काठेखोला गाउँपालिका–४ का वडा सदस्य शिवलाल कँडेलले त्यसयता भने पहिलो पटक हिउँ परेको बताउनुभयो । हिउँ परेसँगै यस क्षेत्रमा लगाइएका आलु, गहुँ, जौको राम्रो उत्पादन हुने भएका कारण यहाँका कृषक खुशी भएका छन् । –उज्यालो अनलाइनबाट

आजको खबर

पोखरासंविधान दिवसको सन्दर्भमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले बुधबार “संचारकर्मीसंग नेकपा (एमाले) “कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टी सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
%d bloggers like this: