ताजा खबर

यूएईविरुद्धको दाेस्राे एक दिवसीय: नेपाल १ सय ४५ रनले विजयी, बने थुप्रै रेकर्ड

   १२ माघ २०७५, शनिबार १८:२३      2,000 views

युएईविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले ‍‍‍‍‍१ सय ४५ रनको जित निकालेको छ ।

सोमपाल कामी र सन्दिप लामिछानेको उत्कृष्ट बलिङको सहयोगमा नेपालले २४२ रनको विशाल लक्ष्य रक्षा गर्न सफल भयो । सोमपाल कामीले ५ विकेट लिए भने सन्दिपले चार विकेट लिएका थिए । यो जितसँगै नेपालले तीन खेलको श्रृङ्खला १-१ को बराबरीमा ल्याएको छ ।

टस जितेर ब्याटिङ गर्दा नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै २ सय ४२ रन बनाएको थियो । यो योगफल नेपाली क्रिकेट टिमको सबैभन्दा ठूलो एक दिवसीय योगफल हो । आज नेपालले एक दिवसीयमा सबैभन्दा धेरै रनको साझेदारी गर्यो‍ ।

पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले ६१ रनको साझेदारी गर्दै टिमलाई बलियो शुरुवात दिलाएका थिए । ज्ञानेन्द्रले ब्यक्तिगत ४४ रन बनाउनुभन्दा अघि विनोद भण्डारी २१ रन बनाउँदै आउट भए । त्यसपछि क्रिजमा आएका पारस खड्का, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले भने राम्रो खेल्न सकेनन् ।

पारसले २१ रन बनाए भने दिपेन्द्रले १० र पवनले ८ रन जोडे । त्यसपछि क्रिजमा आएका आरिफ शेख र रोहित कुमार पौडेलले नेपालको योगफलमा उत्कृष्ट योगदान गरे । उनीहरुले ८२ रनको पार्टनरसिप एक दिवसीय क्रिकेटमा नेपालको कीर्तिमानी साझेदारी हो । 

आरिफ शेख २९ रन बनाएर आउट हुँदा नेपालले १९५ रन बनाएको थियो । 

त्यसपछि रोहित कुमार पौडेलले करियरकै पहिलो एक दिवसीय अर्धशतक बनाए । उनी भारतका सचिन तेन्दुलकार र पाकिस्तानका शाहिद अफ्रिदिकाे रेकर्ड ताेड्दै अन्तर्राष्ट्रिय एक दिवसीयमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीसमेत बने ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: