
पत्रकार साही र मर्सानी सम्मानित
कास्की जिल्ला स्तरिय प्रथम सृजना कप सामुदायिक मावि छात्र / छात्रा भलिवल प्रतियोगिताको अवसरमा २ जना सम्मानित भएका छन् ।

कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा भएको प्रतियोगिताको अन्तिम दिन भलिवल खेलको प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएको भन्दै पत्रकार नारायण साही र भलिवल खेलको विकासमा योगदान दिएको भन्दै र क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सभा सदस्य राजिव पहारीलगायतले पत्रकार साही र मर्सानीलाई दोषल्ला, माला र सम्मान पत्रले सम्मान गरेका हुन् ।
सम्मानित साही आदर्श समाज राष्ट्रिय दैनिक र गण्डकी मिडिया हाउसमा कार्यरत छन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38