
हिमाल कलेज पोखरामा भ्याट बारे प्रशिक्षण, उत्कृष्ट विद्यार्थी सम्मानीत
हिमाल कलेज अफ म्यानेजमेन्ट पोखरामा १ दिने भ्याट तथा ट्याक्स प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । हरेक महिनामा बाहिरी प्रशिक्षकलाई बोलाएर कुनै विषयमा प्रशिक्षण दिने कार्यक्रमलाई निरन्तरता दिदै कार्यक्रम गरिएको हो ।
विद्यार्थीहरुलाई किताबी ज्ञानका साथै व्यवहारिक ज्ञान पनि दिने उद्देश्यले हरेक महिना फरक किसिमका कार्यक्रम गर्दै आएको क्याम्पस प्रशासनले जनाएको छ । यसअघि ३ वटा कार्यक्रम सम्पन्न भएको क्याम्पस प्रमुख हरि कार्कीले बताए । कार्यक्रममा प्रशिक्षक सुमन पोख्रेलले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा क्याम्पस प्रमुख हरि कार्कीले यस्ता कार्यक्रमबाट विद्यार्थीहरुका सकारात्मक प्रतिक्रिया आएको बताए । प्रशिक्षक पोख्रेललाई मायाको चिनो हस्तान्तरण गर्दै कलेजका एमडी सुदन मुल्मीले आगामी दिनमा पनि यस्तै व्यवहारिक तथा व्यवसायिक ज्ञान दिनु पर्ने धारण राखे ।
सोही कार्यक्रममा क्याम्पसको प्रथम त्रैमासिक परिक्षाको परिक्षाफल प्रकाशन गरिएको थियो । परिक्षामा उत्कृष्ट अंक ल्याउँने ६ जना छात्र / छात्रालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा कार्यालय प्रमुख रिता गुरुङ, शिक्षक रुद्र गिरी, लेखा प्रमुख विनोद गिरी, इन्चार्ज रेशम सापकोटा लगायतले कलेजका बारेमा थप प्रकास पारेका थिए ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38