
तमु आमाहरुलाई उद्घोषण प्रशिक्षण शुरु
पोखरामा तमु आमाहरुलाई मंगलवारदेखि तीनदिने उद्घोषणकला तालिम शुरु गरिएको छ। तमु धिं नेपाल केन्द्रिय आमा समितिको आयोजना र पोखरा महानगरपालिका वडा नं.९ को सहयोगमा महिला सशक्तीकरण एवं नेतृत्व विकासका लागि तालिम शुरु गरिएको हो।

तमु धिं नेपाल केन्द्रिय आमा समितिको आयोजनामा पोखरा महानगरपालिका वडा नं. ९, नयाँबजार स्थित तमु धिं नेपालमा वडा नं. ९ की वडा सदस्य राममाया मानन्धरले दीप प्रज्वलनका साथै माननन्धर, वडा सचिव लोकदर्शन कोइराला, प्रशिक्षक हुमबहादुर तमु र गोर्खाली रेडियोकी स्टेशन म्यानेजर खिमा तमुले ब्यानरमा हस्ताक्षर गर्नुहुदै प्रशिक्षणको उद्घाटन गर्नुभएको थियो।
प्रमुख अतिथि वडा नं. ९ कि महिला सदस्य राममाया मानन्धरले अधिकार नबोलीकन नपाइने भएकाले महिला दिदिबहिनीलाई आफ्नो अधिकार आफै खोज्न आग्रह गर्नुभयो। जननिर्वाचित भए पनि महिला भएकै कारण बोल्ने अवसर नपाएको गुनासो गर्नुहुदै बोल्नका लागि महिला अग्रसर हुनुपर्ने बताउनुभयो।जनताको करबाटै संकलित बजेटबाट महिला शसक्तिकरण एवम नेतृत्व विकासका लागि वडाले तमु धिं नेपाल केन्द्रीय आमा समितिलाई आमाहरुको क्षमता अभिवृद्धिका लागि सहयोग गरेको बताउनुभयो।
वडा नं.९ का सचिव लोकदर्शन कोइरालाले महिला सशक्तिकरण भए मात्रै घर, समाज र राष्ट्र समृद्ध हुने बताउनुहुदै तालिमको सफलताको शुभकामना व्यक्त गर्नुभयो। शिक्षा, स्वास्थ्य, सँस्कृतिको आधार आमाहरु नै भएकाले क्षमतावान बन्नका लागि लक्ष्य निर्धारण गर्न आग्रह गर्नुहुदै तालिममा ध्यान केन्द्रित गर्न उहाँको सुझाव थियो। वडा नं. ९ मै रहेको गर्विलो संस्था तमु धिं नेपालको आमा समितिलाई पहिलो पटक क्षमता अभिवृद्धिका लागि सहकार्य गर्न पाउदा वडा कार्यालय गौरब गरिरहेको बताउनुहुदै क्षेत्रीय आमा समितिहरुले पनि आ–आफ्ना वडामा बजेट माग गर्न सचिव कोइरालाको सुझाव थियो।

प्रमुख प्रशिक्षक कास्की आवाजका सम्पादक तथा तमु धिं नेपालका द्धितिय उपाध्यक्ष हुमबहादुर तमुले मुखले होइन व्यवहारले बोल्ने तमु आमाहरु अब हरेक मञ्चमा माइक्रोफोन समातेर बोल्नसक्ने हुनुपर्ने बताउनुभयो। नबोलीसम्म न बजेट पाइन्ट न अधिकार, त्यसैले घर समाज हाँक्ने आमाहरुले अब राज्य हाँक्न क्षमता विकासमा जोड दिन आग्रह गर्नुभयो।
गोर्खाली रेडियोकी स्टेशन म्यानेजर खिमा तमुले शुभकामना व्यक्त गर्नुृहुदै बोल्नेको पिठो बोक्ने, नबोल्नेको चामल पनि नबिक्ने भएकाले आमाहरु बोल्नुपर्नेमा जोड दिनुभयो।
आमा समितिकी अध्यक्ष हरिमाया तमुको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उपाध्यक्ष पञ्चकुमारी तमुले स्वागत, तालिम संयोजक सचिव बिना तमुले तालिमको उद्धेश्यबारे जानकारी गराउनुभएको थियो भने महासचिव एनशोभा तमुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
तालिमको पहिलो दिन उद्घोषणकलाका बारेमा प्रशिक्षक हुमबहादुर तमुले प्रशिक्षण दिनुभएको थियो भने प्रशिक्षणमा विभिन्न क्षेत्रीय समाजका प्रतिनीधित्व गर्दै ३९ जना आमाहरुको सहभागीता रहेकोछ।
तमु धिं नेपाल केन्द्रीय आमा समितिले प्रत्येक महिनाको १० गते क्षमता अभिवृद्धि, नेतृत्व विकास, स्वरोजगार, उद्यमशीलता, प्रवचन लगायतका कार्यक्रम गर्दै आउने क्रममा यस महिना तीनदिने उद्घोषण तालिम शुरु गरेको हो।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38