ताजा खबर

गण्डकी प्रदेशमा स्वरोजगार तालिम सुरु

   १८ माघ २०७५, शुक्रबार १६:३७      673 views

गण्डकी प्रदेशमा स्वरोजगार सिर्जना तालिम शुरु भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा शुरु भएको स्वरोजगार गण्डकी नामक कार्यक्रमको गण्डकी प्रदेशको सामाजिक बिकासमन्त्री नरदेवि पुनले उदघाटन गर्नूृभएको हो ।

संघीय सरकारले रोजगार कार्यक्रम घोषणा गरेसंगै गण्डकी प्रदेशले पनि आफ्ना प्रदेशमा रहेका हरेक नागरीकलाई तालिम दिई सो अनुसारको ब्यबशायमा संलग्न गराउने उद्धेश्यले स्वरोजगार गण्डकी कार्यक्रम सुरु गरेको हो । तालिम लिएर सोही अनुसारको काममा नलाग्नेहरुको लागि भने स्वरोजगार गण्डकी कार्यक्रम नभएको कार्यक्रम घोषणा तथा तालिम उदघाटन कार्यक्रममा मन्त्री नरदेवि पुनले जानकारी गराउनु भयो ।


तर तालिम लिएपछि ब्यबशायको लागि पैसा भएन भने मन्त्रालयले त्यसको ब्यबस्था गरिदिने पनि उहाँले सो अबसरमा जानकारी दिनु भयो । तर तालिम र भत्ताको लागि मात्र तालिममा बस्ने रहर नगर्न उहाँले स्पष्टा पानुभयो ।

यदि ब्यबशायमा लाग्नु भएन भने तालिममा लागेको खर्च समेत फिर्ता गर्नुपर्ने उहाँले जानकारी पनि दिनुभयो ।तालिम लिने अनी घर गएर बस्ने होईन, तालिम पनि ज को बारेमा जानकारी लिइएको छ सो बारे उद्यम गर्न मन्त्री पुन आग्रह गर्नुभएको छ । तालिमको मात्र हिसाव गर्ने हो भने देशका सबै नागरीक भन्दा धेरै तालिम भैसकेका छन, तर मानिसहरु उद्यममा लागेका छैनन , उहाँको भनाई थियो ।

अब तालिम संगै मन्त्रालयले आर्थिक लगानीमा पनि सहयोग गर्ने भएकाले उद्यममा नलाग्नेलाई तालिमको खर्च समेत फिर्ता गराउन लागिएको उहाँले स्पष्ट पानुभयो । कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका स्वरोजगार कार्यक्रमका संयोजक तथा उप सचिव नारायण आचार्यले बिभिन्न ५५ प्रकारका तालिमको खाका तयार पारिएको जानकारी दिनु भयो ।

तालिम लिनका लागि र ब्यबशायमा संलग्न हुनका लागि उहाँले सबै प्रदेशबासीलाई पनि अनुराध गर्नुभयो । घोषणा कार्यक्रममा ब्यबशायिक ‘एभोकाडो व्यवसायिक खेती तथा नर्सरी व्यवस्थापन तालिम’ को सुरुवात पनि गरिएको छ ।


तालिममा प्रदेशका मनाङ, मुस्ताङ र नवलपुर जिल्ला बाहेक कास्की,म्याग्दी, बाग्लुङ, पर्वत, स्याङजा, लमजुङ, गोरखा र तनहुँका गरी ३५ जना सहभागि छन् ।


युवाहरुलाई वैदेशिक रोजगारमा जानबाट निरुत्साहित गर्न र समृद्ध नेपाल सुखी नेपाली बन्ने परिकल्पनालाई साकार बनाउन स्वरोजगार सिर्जना तालिम कोशेढुङ्गा सावित हुने सामाजिक बिकासमन्त्रालयको भनाई छ ।

मन्त्रालयले आगामी ५ वर्ष्भित्र गण्डकी प्रदेशमा धेरै नागरिकलाई व्यवसायिक बनाउन सकिने लक्ष लिएको छ ।

0 0 vote
Article Rating

आजको खबर

पोखरा–१४ सयनतारा बस्दै आएका काठमाडौं, दक्षिणकालीका मृगौलापीडित नरबहादुर लामालाई तमुस्यो रि च्हमी परिवारले आर्थिक सहयोग गरेको छ । दुवै मृगौला खराब भइ नियमित डाइलासिस गराइरहेका

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: