ताजा खबर

प्रथम ल्होछार महोत्सव शुरु, झाँकीमा छारग्याम उत्कृष्ट

   १८ माघ २०७५, शुक्रबार २१:२२      1,986 views

नेपाल तामाङ घेदुङ नालामुख इकाइको आयोजनामा शुक्रवारदेखि पोखरा प्रदर्शनी केन्द्रमा प्रथम सोनाम ल्होछार महोत्सव शुरु भएको छ।

मञ्जुश्री सम्बत २८ सय ५५ औं सोनाम ल्होछार फाग ल्हो आगमनको अवसरमा नालामुख इकाइद्धारा आयोजित महोत्सव तथा नेपाल तामाङ घेदुङ कास्कीद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुख अतिथि नेपाल तामाङ घेदुङ केन्द्रीय पुर्व अध्यक्ष धनप्रसाद तामाङले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो।

पोखरा ९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित महोत्सवको उद्घाटन तथा शुभकामना कार्यक्रममा सहभागी हुनका लागि चिप्लेढुंगाबाट ल्होछार शुभकामना र्याली महेन्द्रपुल, नयाँबजार हुदै प्रदर्शनी केन्द्रमा पुगेको थियो।

महोत्सव तथा शुभकामना कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि धनप्रसाद तामाङले राज्यसत्ता तोरीबारीबाट आदिवासी जनजाति समुदायका लागि सिक्नोघारी बनेको आरोप लगाउनुभयो। पहिचान, अधिकार, भाषा, सँंस्कार, सँस्कृति र ल्होछार जस्तो चाडलाई गुमनाम बनाउनेहरु सिक्नोघारी नै भएको उहाँको ठोकुवा थियो।

ल्होछार चाड, इतिहास सँस्कृति, सभ्यता र विज्ञान पनि हो, प्रथम ल्होछार महोत्सवको सफलता र निरन्तरताको शुभकामना व्यक्त गर्नुहुदै उहाँले राज्यको बक्रदृष्टिका बावजुद तामाङ समुदायले निरन्तर स्वविकासका साथ ल्होछार मनाइरहेको बताउनुभयो। यो महोत्सव, तामाङ घेदुङ नालाकोमुख इकाइ, तामाङ घेदुङ, आदिवासी जनजाति, पोखराको मात्रै होइन राज्यको पनि हुनुपर्दछ।

विविधताको मुलुक नेपाल सुन्दर फूलवारी बन्नुपर्दछ भन्ने झकझाउन पनि महोत्सव आयोजना गरिएको उहाँको भनाई थियो। सोनाम ल्होछारमा तामाङले चेतनाको लुङदा फहराउनु पर्दछ, राज्यले सबै खालका ल्होछारलाई समान व्यवहार गर्न प्रमुख अतिथि तामाङको आग्रह थियो। संघीयता प्राप्ति पछि पनि पहिचान, तमुवान, तामसालिङ, स्वायत्ततालाई घाँटी रेट्नेहरु समृद्धि नारा फलाकिरहेको उहाँको भनाई थियो।

ल्होछारको विदा फेस बुकमा होइन राजपत्रमा उल्लेखित गर्न माग गर्दै प्रदेश नं.४ सरकारसँग यस प्रदेशमा सोनाम ल्होछारको विदाको माग गर्नुहुदै ज्ञान, चेतना, सिर्जनशीलता सहितको ल्होछारको शुभकामना व्यक्त गर्नुभयो।

विशेष अतिथि नेपाल तामाङ घेदुङका पुर्व कार्यवाहक अध्यक्ष कुमबहादुर तामाङले ल्होछारको शुभकामना व्यक्त गर्नुुृहुदै तामाङ लगायत आदिवासी जनजातिको पहिचान, अधिकार र एकताका लागि जुट्नुपर्ने बताउनुभयो। उहाँले ल्होछार महोत्सवले तामाङ लगायत आदिवासी जनजातिको पहिचान र सँस्कृति प्रस्तुतिका लागि उदाहरणीय बन्ने शुभेच्छा प्रकट गर्नुभयो।

नेपाल तामाङ घेदुङ प्रदेश नं. ४ तमुवान मगराँतका अध्यक्ष दीपक तामाङले शुभकामना व्यक्त गर्नुहुदै महोत्सव आदिवासी जनजाति लगायत सिंगो पोखरेलीको महोत्सव हुने विश्वास व्यक्त गर्नुभयो। महोत्सवले तामाङको सँस्कृतिको प्रचार प्रसार, ल्होछारको महत्व राज्य सत्तालाई बुझाउन प्रेरित गर्ने उहाँको दावी थियो।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले शुभकामना व्यक्त गर्नुहुदै नेपाल तामाङ घेदुङ नालकोमुख इकाइले ल्होछार महोत्सव शुरु गरेर सबै आदिवासी जनजातिलाई उदाहरण प्रस्तुत गरेको बताउनुभयो। अवसर पाए आदिवासी जनजातिले देशलाई लोडसेडिङमुक्त गरेको कुलमान घिसिङले उदाहरण देखाउनुभयो, नैतिकवान र इमान्दार हुन्छ भन्ने शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिएको भन्दै उहाँले एकतावद्ध भए जनजातिलाई कसैले हेप्न नसक्ने बताउनुभयो। आदिवासी जनजातिमा साँस्कृतिक आदान प्रदानसँगै तमु र तामाङ धेरै समानता भएकाले बैबाहिक सम्बन्ध अघि बढाउनुपर्ने बताउनुभयो।

नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले शुभकामना व्यक्त गर्नुहुदै आदिवासी जनजातिले आफ्ना संस्कृति आफै जोगाउन पहल गर्दै राज्यबाट सहयोग माग्ने हो भन्नुभयो। तमु धिं नेपालबाट नेवा खलले धेरै कुरा सिकेको भन्नुहुदै आदिवासी जनजातिहरु जातिय कार्यक्रममा एक ठाँउ र सहयोगको आदान प्रदान गर्नुपर्नेमा बताउनुभयो। उहाँले राज्यको हरेक क्षेत्रमा प्रवेशका लागि पनि आफ्ना बच्चाहरुलार्य शिक्षामा जोड दिन आग्रह गर्नुभयो।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)का प्रदेश संयोजक हुमबहादुर तमुले शुभकामना व्यक्त गर्नुुहुदै नालाकोमुख इकाईले तमु लगायत आदिवासी जनजातिहरुलाई महोत्सवको पाठ सिकाएको बताउनुभयो। पहिचान, अधिकार, सामृहिक हितका लागि सबै आदिवासीको एकतामा उहाँको जोड थियो।

नेपाल छन्त्याल संघ कास्कीका सचिव तथा नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद कास्कीका सचिव बमबहादुर छन्त्यालले ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै राज्यसत्तामा ब्राम्हणबादी चिन्तनले तमुवान मगराँतको पहिचान लुटिएको बताउनुभयो। बोलीको गल्तीमा शेरबहादुर तामाङले राजीनामा दिनुपर्ने अरबौ घोटना गर्दै वाइडबडी निल्ने बाहुनहरु सम्मानित भइरहने नेताहरुको ब्राम्हणबादी चिन्तनकै परिणाम भएको भन्दै आदिवासी जनजातिहरु पहिचान र अधिकारको आन्दोलनमा अझै पनि रहेको बताउनुभयो।

कार्यक्रममा भाषा, धर्म, सँस्कृति र संगठनका लागि विशेष योगदान पुर्याएको भन्दै कोकोमेन्दोका मानबहादुर स्याङतान र मिस तामाङ २०१९ लाई सम्मानपत्रले सम्मान गरिएको थियो। यसरी नै ल्होछार झाँकी तथा र्यालीमा छारग्याम इकाइ समिति भण्डारढिक प्रथम, तामाङ बौद्ध सेवा समिति संगमटोल दोश्रो, नमोबुद्ध जाम्बोलिङ तेश्रो र नामाकोमुख इकाइ सान्त्वना हुदै प्रमुख अतिथिबाट पुरष्कृत भएका थिए । यस्तै गरी र्यालीमा सहभागी समाज संघ संस्थालाई कदरपत्र वितरण गरिएको थियो।

शुभकामना आदान प्रदान तथा महोत्सव उद्घाटन कार्यक्रममा राष्ट्रिय गायक सन्दिप ग्यावकले गीतमा दर्शकलाई नचाएका थिए भने बोन्बो समितिले बोन्बो नृत्य र कलाकारहरुले नृत्यहरु प्रस्तुत गरेका थिए भने बेलुका राष्ट्रिय कलाकार विजय लामा, निरुमा घिसिङ, अभिषेक तामाङ, कर्म लामा र सन्दिप ग्याबकको प्रस्तुतिमा दर्शक झुकेका थिए।

महोत्सवमा तामाङ संस्कृति र सभ्यतासंग सम्वन्धित विषयवस्तुका अलावा विभिन्न सांस्कृतिक प्रस्तुतीहरु, यूवा वर्गमा लक्षित पप तथा आधुनिक कन्सर्ट, विद्यालय स्तरीय नृत्य प्रतियोगिता,सेलो नृत्य प्रतियोगितदोहोरी, गित प्रतियोगिता, दैनिक जीवनसंग सम्वन्धित घरायासी प्रयोजनका आवश्यकीय सामाग्रीहरुको स्टल रहेकाछन्।

माघ २६ गते सम्म हुने महोत्सवमा साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु समाबेश गरिएको छ । महोत्सवमा बिभिन्न कलाकारहरुले सांगितिक प्रस्तुती रहनेछ । महोत्सवमा खुल्ला एकल नृत्य प्रतियोगिता पनि समावेश गरिएको छ । नृत्य प्रतियोगिताको विजेताले रु ३० हजार, गोल्डेन क्याप र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै द्धितिय हुनेले रु २० हजार, ट्रफी र प्रमाणपत्र, तृतिय हुनेले रु १० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

0 0 votes
Article Rating

आजको खबर

पोखरासंविधान दिवसको सन्दर्भमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले बुधबार “संचारकर्मीसंग नेकपा (एमाले) “कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टी सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: