ताजा खबर

पोखरा–९ मा बोल्ने कलाको तालिम

   १८ माघ २०७५, शुक्रबार २१:४३      2,290 views

पोखरा महानगरपालिका वडा नं ९ मा तीनदिने बोल्ने कलाको तालिम सम्पन्न भएको छ ।
पोखरा महानगर पालिका वडा नं ९ को सहयोगमा तमुधिं नेपाल केन्द्रीय आमा समितिले तालिमको आयोजना गरेको हो । तालिममा ३६ जना तमु आमा दिदीबहिनीहरुको सहभागिता थियो । समितिकी सचिव बिना घलेको संयोजकत्वमा सञ्चालित तालिममा संचारकर्मी हुमबहादुर तमु र महिला नेतृ सरस्वती तमुले सहजीकरण गरेका थिए ।


पोखरा महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछानेले तालिमको उद्घाटन गर्दै बोल्ने कला सिकेर व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरे । उनले कार्यक्रमलाई गुणात्मक रुपमा लैजानसमेत आयोजकसमक्ष आग्रह गरे ।


यसभन्दा अघि वडाभित्रका धेरै महिला समुहहरुलाई उद्घोषण कला, लेखा, बुटिक बनाउने र दलित समुदायमा पञ्चे बाजाका कार्यक्रमलाई महानगरको वडा नं ९ ले सहयोग पु¥याउँदै आएको वडा अध्यक्ष लामिछानेको भनाई थियो । उनले आगामी दिनमा समेत वडाबाट यस्तो सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए ।


प्रमुख अतिथि लामिछानेले तालिमका सहभागीहरुलाई प्रमाणपत्र बितरण गरे । तालिमको सहभागीहरूमध्येबाट नागबेली तमु समाजकी देवी तमु उत्कृष्ट भई प्रथम पुरस्कार प्राप्त गर्न सफल भइन् । प्रमुख अतिथि लामिछानेले तमुलाई पुरस्कार प्रदान गरे ।


कार्यक्रममा तीन दिनको उदघोषण कला सिक्ने क्रममा आमा, दिदी बहिनीहरूले आफूभित्र रहेको डर र अप्ठेरोपनलाई हटाउदै मञ्चमा उभिएर बोल्न सक्ने महशुस गरेको सहभागीहरुले अनुभव सुनाए । उनीहरुले तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।
तालिमका प्रशिक्षक हुमबहादुर तमुले आमा, दिदी बहिनीहरूलाई आफ्नो समाजका कार्यक्रम आफैले सञ्चालन गर्न सक्ने बन्नका लागि प्रेरित गरे ।

समापनमा समितिकी अध्यक्ष हरिमाया तमुको अध्यक्षतामा भएको कार्यक्रम समितिकी महासचिव एनशोभा तमुले सञ्चालन गरेकी थिइन् ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: