
अन्तरलायन्स क्विज प्रतियोगिताको उपाधि पोखरा आदर्शलाई
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालद्वारा आयोजित अन्तरलायन्स क्विज प्रतियोगिताको उपाधि लायन्स क्लब अफ पोखरा आदर्शले जितेको छ । शनिबार पोखरामा भएको फाइनल प्रतिस्पर्धामा अन्य ६ क्लबलाई पछि पार्दै पोखरा आदर्शले उपाधि रक्षा गरेको हो ।

प्रतिस्पर्धामा लायन्स क्लब अफ बागलुङ पञ्चकोट द्वितीय र तनहुँ व्याससिटी तृतीय भएका छन् । फाईनल यात्रामा लायन्स क्लब अफ पोखरा स्टक, काठमाण्डौं ग्रिनपिस, काठमाण्डौं नेपालले प्रतिष्पर्धा गरेका थिए । यस अघि रिजनवाईज रुपमा गरिएको क्विज प्रतियोगिताबाट फाइनलमा पोखरा क्षेत्रका २ वटा क्लबसहित काठमाडौंका २, तनहुँको १ र धौलागिरी क्षेत्रको १ क्लबले प्रतिस्पर्धामा छनोट भएर आएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले क्विज प्रतियोगिताले लायन्स सदस्यहरुको लायनवाद र अन्य क्षेत्रमा पनि अध्ययन क्षमता बढाउन सहयोगी बनेको बताए । क्विज कन्टेष्ट कमिटि चियरपर्सन विष्णु बरालको अध्यक्षतामा आयोजित कार्यक्रममा डिष्ट्रिक्ट क्याबिनेट सेक्रेरी राम बसेल, चिफ डिष्ट्रिक्ट पिआरओ परमेश्वर बराल, डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ तीर्थलाल श्रेष्ठ, रिजन चियरपर्सन कृष्णराज आचार्यले लगायतले बोलेका थिए ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38