ताजा खबर

पस्र्याङ बगैंचा पार्क पुनःनिर्माण शुरु

   २० माघ २०७५, आईतवार २१:२६      1,947 views

पोखरा महानगरपालिका वडा नं. ५ पस्र्याङमा रहेको पस्र्याङ बगैंचा पार्कको पुनःनिर्माणको शिलान्यास राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबाट भएको छ । स्थानीय सरकारले नागरिकका लागि स्वस्थ हावा र मनोरञ्जन एवं रमणीय वातावरणका लागि पार्क निर्माण गर्नु संवैधानिक अधिकार संरक्षित गर्नु भएको बताए ।

प्रदेश सभा सांसद राजीव पहारीले पस्र्याङ बगैंचा पार्कलाई व्यवस्थित बनाउन सहयोग गर्ने बताए । वातावरण विभाग केन्द्रीय महानिर्देशक झलकराम अधिकारीले प्राकृतिक सुन्दरताले विद्वान लेखक र नागरिकलाई सकारात्मक ज्ञान प्राप्तिमा सहयोग पु¥याउने हुनाले पार्क प्रकृतिमैत्री हुनु पर्ने बताए ।

पोखरा महानगरपालिकाका प्रवक्ता धन बहादुर नेपालीले प्रत्येक स्थानीय सरकारले एक खुला स्थान व्यवस्थित गर्ने योजना रहेको र पार्क निर्माणमा सबैलाई सहयोग पु¥याउन अपिल गरे ।

कार्यक्रममा पार्क संचालन समिति संयोजक अञ्जु केसी, निर्माण समिति अध्यक्ष शिव प्रसाद पराजुली र वडा नं. ६ का अध्यक्ष जगत पहारीले बोलेका थिए ।

सन् १९९३ देखि २०१८ सम्म लायन्स क्लवले चिल्डे«न पार्कका रुपमा प्रयोग गरेको सो पार्क झण्डै साढे आठ रोपनी क्षेत्रफलमा फैलिएको छ । कार्यक्रमको संचालन पार्क संचालन समिति सदस्य देवेन्द्र पराजुलीले गरेका थिए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: